आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पहिरोबाट म्याग्दीका ८३ घर भत्किए

  • प्रकाशित मिति : बिहिबार, असार ३१, २०७८



  • म्याग्दी । म्याग्दीमा बाढी, पहिरो र कटानले ८३ घरमा क्षति पुगेको छ । यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीका ८३ घर भत्किएका हुन् ।

    थप १२ घरमा आंशिक क्षति पुगेको छ भने १ सय ४४ घर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवास शर्मा पौडेलले बाढी पहिरोले दुई जनाको मृत्यु र छ जना घाइते भएको जानकारी दिनुभयो ।

    पहिरोले घर क्षति भएकामध्ये ५८ परिवारलाई जिल्ला प्रशासन कार्यालयले ९ लाख ६० हजार रुपैया र मृतक २ जनाका परिवारलाई ३ लाख रुपैया उपलब्ध गराएको छ । पहिरोबाट विस्थापित भएका आफन्तको घर र सामुदायिक भवन र सामूहिक टहरा बनाएर बसेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij