आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कार्यकर्तालाई जागिर खुवाउने अखडा बन्दै सत्यनिरुपण र बेपत्ता छानविन आयोग, द्वन्द्व व्यवस्थापन कहिले ?

  • प्रकाशित मिति : मङ्लबार, साउन ५, २०७८



  • काठमाडौं । सरकारले संक्रमणकालिन न्याय निरुपण गर्न गठित सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगका पदाधिकारीको म्याद १ वर्ष थप गरेको छ । दुवै आयोगले अहिलेसम्म ठोस काम गर्न नसेकेको भए पनि आयोग गठन भएको साढे ६ वर्षमा चौथो पटक म्याद थपिएको हो ।

    शान्ति सम्झौता भएको ६ महिनाभित्र द्वन्द्व व्यवस्थापन गर्ने र आयोग गठनको ६० दिन भित्र बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने उद्धेश्यसहित बनाइएका आयोगले साढे ६ वर्ष बितिसक्दा एक जना पीडितलाई पनि न्याय दिलाउन सकेका छैनन् । आयोगले राज्य र विद्रोही पक्षबाट भएका जघन्य अपराधका दोषीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

    आन्तरिक किचलोमा फसेको यसअघिको आयोगले उजुरी संकलन बाहेकका कुनै काम गर्न सकेन । पछिल्लो पटक नियुक्त पदाधिकारीहरूले उजुरीको प्रारम्भिक अनुसन्धान र पीडितलाई परिचयपत्र वितरण गर्ने काम गरेका छन् । बेपत्ता नागरिक छानविन आयोगमा ३ हजार २ सय २३ उजुरी परेका छन् ।

    मिसिलहरु अध्ययन गरी वास्तविक पीडित र पीडकको पहिचानको काम सकिसकेको बेपत्ता आयोगको दाबी छ । यस्तै वेपत्ता आयोगले यस अवधिमा द्वन्द्वकालमा बेपत्ताा पारिएका केही व्यक्तिहरू समेत फेला पारेको दाबी पनि गरेको छ ।

    उता, सत्य निरुपण तथा मेलमिलाप आयोगले ६४ हजार उजुरी मध्य ५ हजार उजुरीको प्रारम्भिक अनुसन्धान सम्पन्न गरेको जनाएको छ । यस्तै १ सय ७३ उजुरीको विस्तृत अनुसन्धान सकिसकेको छ । सत्य निरुपणले केही गुनासाहरूको प्रारम्भिक अध्ययन र बेपत्ता आयोगले परिचयपत्र वितरणको काम गरे पनि पीडितलाई न्याय दिने सन्दर्भमा मार्ग प्रशस्त भने भएको छैन ।

    काम गर्न नसकेका आयोगहरूलाई पछिल्लो समय कोरोना कहर पनि गज्जबको बहाना बनेको छ । त्यसो त सर्वोच्च अदालतले कानुन संशोधन गर्न आदेश दिएको १ वर्ष बितिसक्दा पनि सरकारले त्यसतर्फ चासो नदिएको गुनासो पनि आयोगको छ ।

    राजनीतिक दलहरूको स्वार्थ बाझिँदा ४ वर्ष सम्म केही उपलब्धि हासिल गर्न नसकेको आयोग पछिल्लो समय झन् सुस्त गतिमा छन् । शान्ति सम्झौताको महत्वपूर्ण पाटो द्वन्द्व व्यवस्थापन सरकारको प्राथमिकतामा पर्न नसक्दा दुवै आयोग पदाधिकारीहरूलाई जागिर खुवाउने अखडा मात्र बनेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij