आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१७५ स्थानीय तहले अझै बजेट ल्याउन सकेनन

  • प्रकाशित मिति : शुक्रबार, साउन ८, २०७८



  • काठामडौं । आर्थिक वर्ष २०७७/०७८ सकिएको एक साता बितिसक्दा पनि १ सय ७५ स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् ।

    ऐन अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गतेभित्र सभामा पेस गर्नुपर्छ । सभाले सो बजेट असार मसान्तभित्र पारित गरिसक्नुपर्नेछ । तर, ऐनको उल्लंघन गर्दै अझै १ सय ७७ स्थानीय तहले बजेट ल्याउन चासो देखाएका छैनन् ।

    कोरोना महामारीका कारण मानिस भेला हुन नसक्ने, आर्थिक वर्षका कतिपय योजना सम्पन्न हुन नसकेर अभिलेखीकरण नभएको तथा स्थानीय तहमा कर्मचारीको अभावलगायतका कारण बजेट समयमै आउन नसकेको नेपाल नगरपालिका संघले जनाएको छ ।

    गाउँपालिका राष्ट्रिय महासंघले भने बाढीपहिरोका कारण कार्यालय सञ्चालन गर्न नसकेको, अध्यक्ष र उपाध्यक्ष नै कोभिड संक्रमण भएका, प्रमुख प्रशासकीय अधिकृत नभएकाले पनि बजेट ल्याउन ढिलाइ भएको जनाएको छ ।

    तर, कर्मचारी अभावकै कारण बजेट ल्याउन ढिलाइ भएको तर्क स्वाभाविक नभएको मन्त्रालयको तर्क छ । मन्त्रालयले स्थानीय तहलाई समयमै बजेट ल्याउनका लागि दुईपटक परिपत्र गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ५ सय ७६ स्थानीय तहले मात्र सभामा बजेट पेस गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij