प्रकाशित मिति : शुक्रबार, साउन ८, २०७८
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको वैधाकिता जोगाउन आसन्न १४ औं महाधिवेशनमा प्रदेश र केन्द्रीय कार्यसमितिको मात्रै निर्वाचन गनुपर्ने बताउनुभएको छ ।
पार्टीका केन्द्रीय सदस्य गुरु घिमिरेद्वारा लिखित कविता संग्रह ‘मृत्यसँगको साक्षात्कार’को विमोचन गर्दै पौडेलले समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकता जोगाउन केन्द्रीय कार्यसमिति र प्रदेश समितिको मात्रैै निर्वाचन गराउन उपयुक्त हुने प्रस्ताव समेत अघि सार्नुभयो ।
पार्टीको वैधानिकतालाई जोगाउन यसो गरेर अघि बढनु बाध्यकारी अवस्था रहेको वरिष्ठ नेता पौैडलको तर्क थियो । ‘हामी यत्रो ठूलो गौरवशाली पार्टीको दर्ता खारेज हुने रिस्क मोल्न तयार छैनौं, पार्टीको वैधानिकतालाई जोगाउन केन्द्रीय समितिको निर्वाचन र प्रदेश समितिको निर्वाचन गराऔं,’ उहाँले भन्नुभयो, ‘यसका लागि तत्काल क्रियाशील सदस्यता टुंगो लगाऔं ।’
वरिष्ठ नेता पौडेलले भदौ १६–१९ भित्र महाधिवेशन सम्पन्न नगरे पार्टीको वैधानिकता खारेज हुनेतर्फ सचेत गराउँदै कटिवद्ध भएर लाग्न पार्टी पंक्तिलाई अनुरोधसमेत गर्नुभएको छ ।
वरिष्ठ नेता पौडेलले शुक्रबार बिहान बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैैठकमा सभापति शेरबहादुर देउवा र आफूले समेत तोकिएकै मितिमा पार्टीको १४ औं महाधिवेशन सम्पन्न गरेर जानुपर्नेमा जोड दिएको पनि स्मरण गराउनुभयो ।
त्यसका लागि केन्द्रीय कार्य समिति र प्रदेश निर्वाचन समितिको मात्रै निर्वाचन गरेर महाधिवेशन सम्पन्न गर्न सकिने उहाँको प्रस्ताव छ । फरक प्रसङ्गमा वरिष्ठ नेता पौडेलले राजनीति र साहित्यलाई सँगैै अघि बढाएर सफलता प्राप्त गर्न निकै ठूलो साधनाको आवश्यक्ता रहेको पनि बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij