आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने महेश बस्नेतको चेतावनी

  • प्रकाशित मिति : शनिबार, साउन ९, २०७८



  • काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिनुभएको छ ।

    शनिबार युथ फोर्सको भ्याली कमाण्डको घोषणा र शपथग्रहण कार्यक्रममा बोल्दै राष्ट्रिय युवा संघका इन्चार्ज समेत रहेका नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमालेलाई फुटाउने षड्यन्त्र भइरहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि अगो बल्छ ।’

    बस्नेतले सत्तारुढ गठबन्धनसँग १ सय २९ सांसद्मात्र भएको दाबी गर्दै राष्ट्रपतिमाथि महाअभियोगको विषयमा नसोच्नसमेत चेतावनी दिनुभएको छ । भ्याली कमाण्ड घोषणाअघि युथ फोर्सले काठमाडौंका विभिन्न स्थानबाट मार्चपास निकालेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij