प्रकाशित मिति : शनिबार, साउन ९, २०७८
बिनिता शर्मा,काठमाडौ। जिल्ला प्रहरी कार्यालय रोल्पाले बुहारीलाई जबर्जस्ती गरेको आरोपमा जेठाजु नाता पर्ने ५१ बर्षिय पुरुष सहित जम्मा ७ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।
पक्राउ पर्नेमा एकै गाँउका दुर्गे बिष्ट, नविन बिष्ट, पुष्त बिष्ट, पुस्ते खड्का र पिडितका ससुरा समेत छन् । अनुसन्धानको क्रममा सो घटना गाँउघरमै मिलाई मिलापत्र गराएको आरोपमा सोहि गाँउका वडा सदस्य हिम बहादुर बिष्ट सहित अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो ।
श्रावन २ गते बिहान ३ बजेको समयमा घटना पश्चात पिडित महिलाले कराएपछि ससुराले थाहा पाएका थिए । पिडितको ससुराले भोलिपल्ट बिहान वडा सदस्य हिम बहादुर बिस्टलाई खबर गरी छलफल गरिदिन आग्रह गरेका थिए । वडा सदस्यले गाँउमा कटुवाललाई लगाएर मान्छे जम्मा गर्न लगाएका थिए ।
श्रावन ३ गते करिव १ बजेतिरबाट छलफल सुरु भयो । छलफलमा अभियुक्तले आफ्नो गल्ति स्वीकार गरे । छलफलमा जुटेकाले उनलाई रु. २०,०००।– (बीस हजार रुपैँया) जरिवाना तोके, जसमध्य रु.५,०००।– (पाँच हजार) पिडित महिलाको लागि र बाँकी रु. १५,०००।– (पन्ध्र हजार रुपैयाँ) गाँउको एक कुनै कोषको लागि छुट्याउने समेत निर्णय भयो ।
पिडितले पाउने रु.५,०००।– मध्य रु. १,०००।– (एक हजार) बराबर छलफलमा जुटेकाहरुले चिया पानी खाने भनेर छुट्याए भने रु.५००।– (पाँच सय) पिडितले ससुरालाई मान राख्नको निमित्त दिनुपर्ने बताए । पिडितले त्येसै गरीन् । पिडितले न्याय पाएको अनुभुति गरिनन् ।
उनले आफ्नो बाबालाई सबै घटनाको बारे बेलिबिस्तार लगाईन् । भोलीपल्ट श्रावन ४ गत्ते प्रहरी समक्ष यो घटनाको सुचना पुग्यो । पिडितको जाहेरीका आधारमा अभियुक्त भनेका पिडितको जेठाजु नाता पर्नेलाई तत्काल नियन्त्रणमा लिई प्रारम्भीक अनुसन्धान गर्यो ।
अनुसन्धानको क्रममा हाल वडा सदस्य सहित जम्मा ७ जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखि अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सुबेदीले ई.प्र.का. सुलीचौरमा राखेर अनुसन्धान भैरहेको बताउँनुभएको छ भने अनुसन्धान अधिकृत प्र नि लक्ष्मण ओलीले कानुन अनुसारको कार्बाही हुने जलजला खबरलाई जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij