प्रकाशित मिति : शनिबार, साउन ९, २०७८
झापा प्रहरीले स्रोत नखुलेको ४० लाख बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।
शनिबार मध्यान्ह प्रहरीले झापा गाउँपालिका-२ का ५० वर्षीय गौरी मण्डललाई पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार मण्डललाई ४० लाख ३७ हजार ६७० रूपैयाँसहित झापा गाउँपालिका-२ बेलाइतिवारीबाट पक्राउ गरिएको हो।
भारतबाट नेपाल आउँदै गरेका मण्डललाई इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए।
प्रहरीले उनी चढेको मोटरसाइकललाई रोकेर चेकिङ गरेको थियो।
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ। प्रहरीले सो रकम हुण्डीमा प्रयोग हुनसक्ने आशंकामा अनुसन्धान सुरू गरेको छ।
‘जिल्लाबाट प्रहरी अधिकृतसहितको अनुसन्धान अधिकृतको टोली खटिएको छ, मण्डललाई रकमसहित आवश्यक कारबाहीको लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने छ,’ भने।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij