आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

चोरीका क्रेटा गाडी काठमाडौंमा छ्यापछ्याप्ती , भारतीय नागरिकसहित दुई जना पक्राउ

  • प्रकाशित मिति : आइतवार, साउन १०, २०७८



  • काठमाडौं। महानगरिय अपराध महाशाखाले उपत्यकाका बिभिन्न स्थानमा भन्सार छलेर ल्याइएका सवारी साधन बिक्री गर्ने गिरोहका दुई जनालाई गाडी र पाटपुर्जासहित पक्राउ गरेको छ।

    महाशाखाबाट खटिएको प्रहरी टोलीले साउन ७ गते बौद्धबाट हुण्डाई कम्पनीको दुई वटा क्रेटा गाडी र पाटपुर्जासहित उनीहरुलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेहरुमा मुस्ताङ लोधोगार दामोदर कुण्ड गाँउपालिका वडा न. ४ घर भई काठमाडौं बौद्ध बस्ने आग्या गुरुङ र भारत पश्चिम बंगाल दार्जिलिङ भई काठमाडौं बौद्धबस्ने  सोनाम टासी योल्मो रहेका छन्।

    उनीहरुलाई  आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौं पठाईएको महाशाखाले जनाएको छ।

    महानगरिय अपराध महाशाखाका एक अधिकारीका अनुसार लकडाउनको समयमा चोरी गिरोहले थुप्रै कम्पनीका गाडीहरु भन्सार छलेर भित्राएको हुन सक्ने आशंकामा प्रहरीले भित्रभित्रै कारवाही अभियान शुरु गरेको छ।

    प्रहरीले बरामद गरेका सामान यसप्रकार छन् :

    ईन्जिन नम्बर D4FCJMJM710203, च्यासिस नम्बर MALC281RLJM510761 सेतो रंगको बा. १९ च.२०३६ भएको सेतो रंगको गाडी थान- १
    २.ईन्जिन नम्बर D4FBKM837583 च्यासिस नम्बर MALC381UMKM625769 भएको अटो गेर भएको DL8CAZ6082 भएको सेतो रंगको गाडी थान- १

    facebook sharing buttontwitter sharing button

    messenger sharing button
    whatsapp sharing button

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij