प्रकाशित मिति : सोमवार, साउन ११, २०७८
काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको आन्तरिक किचलोको प्रभाव सबै राजनीतिक घटनाक्रममा पर्ने गरेको छ। एमालेकै विवादका कारण ओली सरकार विस्थापित भएर कााग्रेस सभापति शेरबहादुर देउवा सत्तामा पुगेका छन्।
आफ्नो पार्टीको आन्तरिक किचालोलाई कारण देखाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक प्रतिनिधिसभा विघटन पनि गरे। तर सर्वोच्चले ओली सरकारको सो निर्णयलाई अवैध ठहर गर्दै विघटन बदर गरिदियो।
संसद पुनःस्थापित भइसकेको छ, ओली बालुवाटारबाट बालकोट पुगिसकेका छन्। देउवाले सत्ता सम्हालिसकेका छन्। तर, एमालेको आन्तरिक विवाद मत्थरभन्दा झन चर्किरहेको छ। एमालेको यो आन्तरिक किचलोको कारण आइतबार संसदीय समितिमा पनि असंसदीय घटना हुन पुगेको छ।
आइतबार प्रतिनिधिसाको अन्तर्राष्ट्रिय सम्बनध समितिको बैठक बस्यो। सो समितिका सदस्य एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बैठकमा प्रतिगमन पराजित भएको र संसद पुनःस्थापित भएको भन्दै खुशी साट्नुपर्ने भन्दै सबैलाई बधाई दिए। उनले संसद विघटन गर्ने ओली सरकारलाई प्रतिगमनकारी भनेका थिए।
वरिष्ठ नेता नेपालको भनाइ सकिएपछि एमालेकै अर्का सांसद नारदमुनी रानाको बोल्ने पालो आयो। उनी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विस्तार गरेको मन्त्रिपरिषदमा वनमन्त्री बनेका थिए। तर, सर्वोच्चले सो मन्त्रिपरिषद विस्तारलाई अवैध ठहर गरेपछि उनले दुई हप्तामै मन्त्रिपद गुमाउनु परेको थियो।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij