आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल अमेरिका पत्रकार संघको अघ्यक्षमा विकासराज न्यौपाने निर्वाचित

  • प्रकाशित मिति : सोमवार, साउन ११, २०७८



  • नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनले विकासराज न्यौपानेलाई अध्यक्षमा निर्वाचित गरेको छ।

    आइतबार सम्पन्न निर्वाचनमा न्यौपानेले ३८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गोकुल ढकालले २२ मत पाउँदा अर्का उम्मेदवार अनुज थापाले २१ मत पाए।

    उपाध्यक्षमा मच्छेदेवी गुरूङ विजयी भइन्। उनले ६१ मत पाउँदा उनकी निकटतम् प्रतिद्वन्द्वी किसान रेग्मीले २१ मत पाइन्।

    यस्तै महासचिवमा सुरज भण्डारी ४१ मत पाएर विजयी भएका छन्। उनलाई प्रशान (वीर) एलुङ राईले कडा टक्कर दिएका थिए। राईले ३८ मत पाए।
    यसअघि नै सचिवमा कल्पना घिमिरे, कोषाध्यक्षमा प्रभात भट्टराई, क्षेत्रीय संयोजकमा शिव नेपाल पश्चिम, लीलादेवी ओझा (डिसी मेट्रो), गोकुल श्रेष्ठ (उत्तर पूर्व), सुजन पण्डित (दक्षिण) निर्विरोध चयन भएका छन्।

    यस्ते ४ सदस्यहरू पनि निर्विरोध चयन भए। जसमा अनिल अधिकारी, बाबुराम दाहाल, संगम बानिँया र ज्ञान प्रसाद शर्मा छन्।

    अमेरिकाको भर्जिनिया राज्यको स्यानटीली शहरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सातौ अधिवेशन तथा १४ औ साधारण सभाको उद्घाटन गरेका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij