आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेन्डा

  • प्रकाशित मिति : मङ्लबार, साउन १२, २०७८



  • a}7sdf g]tfu0f sf7df8f}F, * ;fpg . g]kfnL sfFu|];sf] z'qmaf/ a'9fgLns07df a;]sf] a}7sdf g]tfu0f . t:jL/ M /f]zg ;fksf]6f,/f;;

    बूढानिलकण्ठमा नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ।

    मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवासमा बस्न लागेको हो।

    सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवासमा बैठक राखिएको छ।

    आजको बैठक महाधिवेशन केन्द्रित रहनेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन तयारीबारे नै बैठक केन्द्रित हुनेछ।

    कांग्रेसले क्रियाशील सदस्यता विवाद हल गर्न सकेको छैन। साउन १२ का लागि तय भएको वडा अधिवेशन पनि स्थगित छ।

    अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ। यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

    यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

    क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्राय: कार्यतालिका प्रभावित बनेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij