आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

राज कुन्द्रालाई थप १४ दिनको लागि अदालतले जेल पठायो

  • प्रकाशित मिति : बुधबार, साउन १३, २०७८



  • काठमाडौं। पोर्नोग्राफी केसमा पक्राउ परेका राज कुन्द्रालाई अदालतले झनै लामो समयको लागि जेल पठाएको छ । आज अदालतमा पेश गरिएका राजलाई मुम्बइको किला कोर्टले अझै थप १४ दिनका लागि न्यायिक हिरासतमा पठाएको हो । यसअघि जुलाइ १९ मा पक्राउ परेका उनलाई अदालतले जुलाइ २३ सम्म पुलिस हिरासतमा पठाएको थियो । त्यसपछि २३ जुलाइमा अदालतले २७ जुलाइसम्मका लागि न्यायिक हिरासतमा जेल पठाएको थियो ।

    राजमाथि पोर्न भिडियो बनाएको र ती भिडियोलाई ओटिटी प्लेटफर्ममा अपलोड गरेको आरोप छ । थप १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएपछि राजका वकिलले अदालतमा जमानतको लागि निवेदन दिएका छन् । निवेदनमा उनको जाँच सकिएकोले उनलाई जमानतमा रिहा गरिनुपर्ने आधार दिइएको छ । पुलिसले थप ७ दिन हिरासतमा राख्न माग गरेको थियो तर अदालतले १४ दिनको लागि हिरासतमा पठाएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij