आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मैले अध्यक्ष मागेको छैन: माधव नेपाल

  • प्रकाशित मिति : बुधबार, साउन १३, २०७८



  • नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले आफूलाई दोस्रो अध्यक्ष चाहियो भनेर कहिल्यै नभनेको बताएका छन्।

    आफू निकट २२ जनवर्गीय संगठनका पदाधिकारीसँग मंगलबार भएको छलफलमा वरिष्ठ नेता नेपालले आफूले पद मागेको नभई सम्मानजनक एकता चाहेको स्पष्ट पारेका छन्।

    उनले दुई अध्यक्ष बनाउने भए पनि झलनाथ खनाल अथवा अरू कोहीलाई बनाउन सकिने धारणा राखेको बताएका थिए।

    त्यस्तो हुन नसके महाधिवेशनसम्मको लागि ओली, खनाल र वामदेव गौतमसहितको अध्यक्ष मण्डल बनाउने पक्षमा आफू रहेको बताएको नेपाल निकट युवा संघका अध्यक्ष नरेश शाहीले सेतोपाटीलाई जानकारी दिए।

    वरिष्ठ नेता नेपालले एमाले एकता जरूरी रहे पनि ओली पक्ष यसका लागि गम्भीर नभएको आरोप लगाएका थिए। उनले संसद र संविधान जोगिएकाले अब पार्टी जोगाउनपर्ने बताएको प्रेस चौतारीका महासचिव राजेश राईले बताए।

    छलफलमा नेपाल निकटका जनवर्गीय संगठनका पदाधिकारी सहभागी थिए। उनीहरूले १० बुँदे सहमति अपुरो रहेको बताएका थिए। नेपालले पनि त्यसमा सहमति जनाएका थिए।

    अहिलेसम्मको परिस्थितिको दोष कसको भनेर छुट्ट्याउनुपर्नेमा समेत वरिष्ठ नेता नेपाल र जनवर्गीय संगठनका पदाधिकारी एकमत भएका थिए।

    ‘१० बुँदे सहमति आफैंमा अपुरो छ। यसले जेठ २ लाई आंशिक रूपम मात्रै स्वीकारेको छ। तर परिस्थिति अझै पर पुगेको छ,’ छलफलका एक सहभागीले भने, ‘दुई-दुई पटक प्रतिनिधि सभा विघटन भएको बारे समीक्षा गर्नुपर्छ कि, पर्दैन भन्ने हाम्रो जिज्ञासा हो। यसको दोष या त केपी ओलीले लिनुपर्‍यो या त हाम्रै कारणले हो भनेर भन्न सक्नुपर्‍यो भन्ने हो।’

    जनवर्गीय संगठनका पदाधिकारीले कार्यदलका पाँच जनासँग समेत अलग्गै छलफल गरेका थिए।

    कार्यदलमा रहेका नेताले माधव नेपालबिनाको एकता असम्भव रहेको बताए पनि नेपाल र कार्यदलका नेताको बुझाइ फरक पाइएको जनवर्गीय संगठनका एक पदाधिकारीले सेतोपाटीसँग भने।

    ‘माधव कमरेडले १० बुँदेकै आधारमा मात्रै एकता गर्न नसकिने धारणा स्पष्टसँग राख्नुभयो। पार्टी एकता चाहना भएको र विभाजन बाध्यता भएको बताउनुभयो। यति हुँदा पनि आफू एकताकै पक्षमा रहेको भन्नुभएको छ,’ ती पदाधिकारीले भने, ‘तर कार्यदलका नेताको भनाई अलि गोलमाटोल छ। १० बुँदे भित्रैबाट सहमति खोज्नुपर्ने उहाँहरूको भनाई छ। विदेशी शक्तिले हिजो नेकपा फुटाए आज एमाले फुटाउन खोज्दैछन्। त्यसैले सचेत हुनुपर्छ भन्ने उहाँहरूको तर्क छ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij