आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वसभामुख महराले उच्च अदालतबाट पनि पाए सफाइ

  • प्रकाशित मिति : बुधबार, साउन १३, २०७८



  • काठमाडौं । सभामुख हुदा संघीय संसद सचिवालयको एक कर्मचारीलाई बलात्कारको प्रयास गरेको आरोप लागेका कृष्णबहादुर महरालाई आरोपबाट सफाई दिने भनी जिल्ला अदालत काठमाण्डौंले गरेको निर्णयलाई उच्च अदालत पाटनले पनि सदर गरेको छ ।

    न्यायाधीशहरु माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले जिल्ला अदालतको फैसला सदर हुने आदेश गरेको हो । फैसलाको पूर्णपाठ तयार नभएकाले के कस्तो आधारमा उनका वारेमा अदालतले निर्णय गर्‍यो भन्नेबारे खुलेको छैन ।

    काठमाण्डौं तिनकुनेमा डेरा गरी बस्ने ‘नया“ बानेश्वर २६’को कोठामा पुगेका महराले उनीमाथि यौन दुर्व्यवहार गरेको र बलात्कारको प्रयास गरेको आरोप लगाइएको थियो । २०७६ साल असोज १२ गतेको घटनामा दुवै पक्षविच छिनाझम्टी हुदा महराको चस्मा खसेर फुटेको थियो ।

    महराको चस्माको टुक्रा र खुट्टा ‘नया“ बानेश्वर २६’को कोठामा छुटेको भन्दै प्रहरीले बरामदी मुचुल्का तयार पारेको थियो । यही आधारमा महराविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा चलेको थियो । पछि पिडित भनिएकी ‘नया“ बानेश्वर २६’ले आफूमाथि कुनै दुर्व्यवहार नभएको बयान दिएकी थिइन ।

    जिल्ला अदालत काठमाण्डौंले २०७६ साल फागुन ५ गते महरालाई सफाई दियो । आफूमाथि दुव्र्यवहार नभएको भन्ने पिडितको बकपत्र, बलात्कारको प्रयास नगरेको भन्ने महराको बयान र हस्तरेखा विश्लेषणका क्रममा पिडितको निवासमा भेटिएका सामानहरु महराले नै छाडेका हुन् भन्ने पुष्टि नभएको भन्ने विशेषज्ञको रायका आधारमा जिल्ला अदालतले सफाई दिएको थियो ।

    त्यो फैसलामा चित्त नबुझाई सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । त्यही मुद्दाको फैसलामा पाटनले पनि जिल्लाको फैसला सदर गरेको हो । आरोपपछि महराले पदबाट राजिनामा दिएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij