आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घरपछाडि इनार खन्दा १२ अर्ब रुपैयाँको ढुङ्गो निस्कियो

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०७८



  • काठमाडौं। घरपछाडि इनार खन्ने क्रममा एक व्यक्तिले १२ अर्ब रुपैयाँ मूल्य पर्ने ढुङगो फेला पारेका छन् । विशेषज्ञले यो ढुङगोको बहुमूल्य रत्न नीलम भएको बताएका छन् । यो विशाल बहुमूल्य रत्न झुक्किएर फेला परेको छ । श्रीलंकाका अधिकारीका अनुसार यो विश्वकै सबैभन्दा ठूलो आकारको नीलम हो । एक रत्न व्यापारीले बीबीसीलाई बताएअनुुसार श्रीलंकाको रत्नपुरामा एक व्यक्तिको घरपछाडि इनार खन्ने क्रममा मजदुरहरुले यो बहुमूल्य रत्न फेला पारेका हुन् ।

    विशेषज्ञका अनुसार हल्का नीलो रंगको रत्नको यो ढिक्काको मूल्य अन्तर्राष्ट्रिय मिडियामा १ सय मिलियन डलर (झण्डै १२ अर्ब रुपैयाँ) पर्छ । यो रत्नको ढिक्का ५१० किलोको छ र २.५ मिलियन क्यारेटको छ । यसलाई सेरेन्डिपिटी सेफायर नाम दिइएको छ । ‘इनार खनिरहेका व्यक्तिले यहाँ रत्न भेटिएको हामीलाई बताए त्यसपछि हामीले खनेर त्यसलाई बाहिर निकाल्यौं’ यो रत्नका मालिक गेमेजले बीबीसीसँग भने । उनले सुरक्षाको कारण देखाउँदै आफ्नो पूरा नाम र ठेगाना बताएनन् ।

    गेमेज तेस्रो पुस्ताका रत्न व्यापारी हुन् । उनले अधिकारीहरुलाई यो रत्न भेटिएकोबारे बताएका थिए । यसलाई सफा गरेर यसको परीक्षण गर्न भने १ वर्षको समय लाग्यो । गेमेजका अनुसार सफाइको क्रममा यो क्लस्टरबाट रत्नका केही टुक्रा झरेका थिए जुन निकै उच्च गुणस्तरका भएको पाइयो । रत्नपुरामा पहिलेदेखि नै बहुमूल्य रत्न पाइने भएकोले यो ठाउँको नाम रत्नपुरा राखिएको हो । श्रीलंका नीलम लगायत अन्य बहुमूल्य रत्नको प्रमुख निर्यातक हो ।

    गत वर्ष श्रीलंकाले रत्न निर्यात गरेर ५ सय मिलियन डलर कमाएको थियो । ‘मैले अहिलेसम्म यति ठूलो रत्नको ढिक्का देखेको थिइन । यो सम्भवतः ४०० मिलियन वर्ष अगाडि बनेको हुनुपर्छ’ प्रसिद्ध रत्न विशेषज्ञ गेमिनी जोयसाले भने । यो रत्नको ढिक्काका सबै रत्नहरु उच्च गुणस्तरका छन् वा छैनन् भन्ने विषयमा स्वतन्त्र अन्तर्राष्ट्रिय विशेषज्ञबाट जाँच हुन बाँकी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij