आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘ओलीको अध्यक्ष खानेलाई मेरो शुभकामना छ, मचाहिँ जान्नँ’

  • प्रकाशित मिति : बिहिबार, साउन १४, २०७८



  • काठमाडाै। ‘केपीले अध्यक्ष दिन्छन्, खाउँला भनेर तपाईंहरूमध्ये कोही जान चाहनुहुन्छ भने जानुस् । मचाहिँ जान्नँ ।’ यसरी आफूपक्षीय स्थायी कमिटी बैठकमा माधव नेपालले सोमबार दोस्रो अध्यक्ष पनि अस्वीकार गरेपछि भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टहरू तनावग्रस्त देखिए ।

    माधवचाहिँ बोलिरहे, ‘…तर, प्रशासनिक र राजनीतिक अधिकारसहितको अध्यक्ष भएर जानुस् । अध्यक्ष खान मात्रै अध्यक्ष हुने हो भने त्यसको कुनै अर्थ छैन । त्यसैले तपाईंहरूले नै छान्नुस्, केपीको अध्यक्ष हुन को जाने ? अमृतजी (बोहोरा), मुकुन्द (न्यौपाने) यहीँ हुनुहुन्छ । भीम रावल जाने भए पनि जानुस् वा अष्ट कमरेड…जो गए पनि हुन्छ ।’

    माधवले अगाडि भने, ‘के त्यसो गर्न केपी ओली साँच्चै तयार छन् ? मलाई त त्यस्तो लाग्दैन । पाँच दलीय गठबन्धनबाट हामीलाई अलग्याएर यो सरकारलाई दिएको समर्थन फिर्ता लिन लगाउने, बजेट असफल बनाएर देउवालाई चुनावमा जान बाध्य गराउने, चुनावमा जाने भएपछि हामीलाई एमालेभित्र टिकट बाँडफाँडको क्रममा बिचल्ली पारिदिने, यही होइन केपी ओलीले चाहेको ?

    अनि, उनको मक्सद यस्तो छ भन्ने जान्दाजान्दै तपाईं दोस्रो अध्यक्ष पाइने भयो भनेर ‘खुशखबरी’ सुनाउन हतारिने ? को जानुहुन्छ त्यो अध्यक्ष खान जानुस्, मेरो शुभकामना छ । मचाहिँ जान्नँ ।’

    उनले भीम रावलसहितका कार्यदल सदस्यहरूतिर हेर्दै पाँच औँला ठाडो पारेर भने, ‘अब बढीमा एक हप्ता कुरिन्छ…एक हप्ता, बुझ्नुभयो नि ।’ अर्थात्, हरेक राजनीतिक तथा प्रशासनिक निर्णयमा दुई हस्ताक्षर मान्य हुने कुराको निश्चितता हुने कि नहुने जवाफनिम्ति अब एक हप्ता मात्र पर्खिन सकिने, नत्र केपीपक्षसँग वार्ताको ढोका बन्द गर्ने उहाँको अडान थियो ।

    जनआस्था साप्ताहिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij