मेष (चु,च,ेचो,ला,ली,लु,ले,लो,अ) कामहरु बन्दै जानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । पराक्रम बढनेछ । मित्रहरु संग मिलनको योग छ । मीठो भोजन तथा धन प्राप्त हुनेछ । व्यवसायबाट फाइदा हुने दिनछ । आफन्तबाट प्रसस्तमात्रमा सहयोग प्राप्त हुनेछ । अध्ययनको क्षेत्र सफल रहनेछ ।
बृष (ई,उ,ए,ओ,वा,वी,वु,वे,वो) आज मन प्रसन्न रहनेछ । भगवान प्रति भक्ति बढनेछ । मनले चिताएको काममा सफलता मिल्ने योग छ,इष्ट सिद्धि हुनेछ । रोकिएका कामहरु पुराहुनेछन् । तिव्रतापूर्वक काम गर्दा वेस हुनेछ । कर्मको फल प्राप्त हुनेछ । विद्यार्थी तथा व्यापारीहरुका लागि आजको दिन विशेष फलदायी रहनेछ ।
मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा) सन्तान तथा परिवारसंग मतभेदका कारण विवाद हुन सक्नेछ । यात्राको अवसर प्राप्त हुनेछ । सरकारी काममा झमेला हुनेछ । रोजगारी तथा व्यवसायबाट फाइदा हुनेछैन । पेटमा वायुविकार जन्य समस्या आउनेछ । खानपानमा विशेष सतर्कता अपनाउनु होला । अध्ययनको क्षेत्र त्यति फलदाइ हुने छैन ।
कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो
मनमा चिन्ता बढने छ । वादविवाद हुन सक्नेछ सतर्क रहनु होला । चीसोले समस्या पार्नेछ । चोटपटकको संभावना छ । पेटजन्य रोगका कारण स्वास्थ्य खराव हुन सक्ने छ । जिवजन्तुको भए रहनेछ । अध्ययन तथा वैतनिक मार्ग फलदायी रहने छैन ।आज नयाँ कामको थालनि नगरेकै राम्रो हुनेछ ।
सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आर्थिक उन्नति तथा प्रगतिको योग रहेको छ । मान प्रतिष्ठा बढ्ने योग छ । मीष्ठान्न भोजन प्राप्त हुने छ । प्रेममा सफल हुने दिन छ । मनमा धार्मिक भावना प्रवल रहेको छ । परिवारबाट सहयोग मिल्ने छ । व्यवसायबाट प्रसस्त आमदानी हुने दिन रहेको छ । पढाइमा सफलता मिल्ने दिन रहेको छ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । आकस्मिक धनप्राप्तिको योग छ । यश प्राप्तहुनेछ । श्रीमती ÷ प्रेमीकाबाट राम्रो सहयोग प्राप्त हुनेछ । शत्रु परास्त हुनेछन् । स्वास्थ्य राम्रो रहने छ । मनले चिताएको काम पुरा हुनेछ । अध्ययन तथा व्यवसायीक क्षेत्र फलदायी रहेकाछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
मेहनतसाथ गरेको कामपनि विग्रने छ । यात्रा अर्थपूर्ण हुने छैन । स्वास्थ्यमा समस्या देखिने छ । मन अशान्त रहनेछ । धन तथा सामान हराउन सक्नेछ सजगता अपनाउनु होला । व्यापार व्यवसायबाट त्यति आम्दानीहुने छैन । विद्यार्थीहरुका लागि आजको दिन त्यति फलदायी हुने छैन ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) आज नयाँ कामको थालनि नगरेको राम्रो काम विग्रनेछ । पानीबाट हानीहुने योग छ । काम विग्रने खालको समयछ । आफन्तहरु संग झगडा हुनसक्छ । पेट तथा कोखा सम्बन्धी समस्या देखिन सक्नेछ । मन अस्थिर रहनेछ । काममा सफलता मिल्ने छैन । अध्ययन तथा वैतनिक क्षेत्र अशुभ रहने छ ।
धनु (ये,यो,भा,भी,भू,धा,फा,ढा,भे)
आकस्मिक धनलाभ हुने योग छ । उपहार प्राप्तिले मन प्र्रसन्न रहने छ । प्रेममा सफल हुने योगछ । व्यवसाय राम्रो रहने छ । स्वास्थ्य राम्रो रहने छ । शत्रु पराजित हुनेछन । उपहार प्राप्त हुनेछ । आजको दिन सुखद् तथा प्रेमिलरुपमा व्यतित हुनेछ । विद्यार्थी भाइबहिनीहरुका लागि आजको दिन राम्रो रहेको छ ।
मकर (भो,जा,जी,खी,खु,खे,खो,गा,गी) मनमा असन्तोष बढने छ । घाँटिमा समस्या आउनेछ । पढाइमा मन लाग्ने छैन । स्वास्थ्य सम्बन्धि समस्या देखिनेछ । अनावश्यकरुपमा धनक्षय हुनेछ । आज कटुवचनको प्रयोग नगर्नु होला अनावश्यकरुपमा विवाद उत्पन्न हुन सक्नेछ । आँखाको समस्याले सताउने छ । खानपानमा ख्याल गर्नुहोला ।
कुम्भ (गू,गे,गो,सा,सी,सु,से,सो,दा)
सत्कार तथा मान सम्मान प्राप्त हुने छ । स्त्रीसुख प्राप्त हुने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ । काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । पारिवारीक सुख प्राप्त हुने छ । अन्नलाभ हुनेछ । विद्यार्थीहरुको अध्ययनको क्षेत्र राम्रो रहनेछ । व्यवसायवाट प्रसस्त आम्दानी होला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शारीरिक समस्याले मनमा चिन्ता उत्पन्न गराउने छ । आफन्तहरुबाट असहयोग प्राप्त हुने छ । अनावश्यक रुपमा धन खर्च हुनेछ । अध्ययनमा मन जानेछैन । व्यर्थ भ्रमण हुनेछ । व्यवसायमा घाटा होला । काममा बाधा उत्पन्न हुनेछ । फजुल खर्च बढनेछ ।