आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कांग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन नयाँ मापदण्ड बनाउन सहमत

  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०७८



  • काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच क्रियाशील सदस्यताको विवाद मिलाउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ ।

    शुक्रबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि यस्तो सहमति बनेको हो ।

    क्रियाशील सदस्यता छानविन समितिले करिब एक सय वडा तथा आधा दर्जन जिल्लाको विवाद समाधान गर्न नसकेपछि हिजो शिर्ष नेतालाई पाँच दिनभित्र विवाद टुंग्याउने जिम्मेवारी दिएको थियो ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्ने गरी विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको जानकारी दिनुभयो ।

    सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बारा, सप्तरी, धनुषा–४, सर्लाही–२ सहित १ सयभन्दा बढी वडा र अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई सदस्य दिँदा देखिएको विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने सहमति भएको बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij