आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मातहतका विभागको कार्यप्रगतिबारे गृहमन्त्री खाँणले लिए जानकारी

  • प्रकाशित मिति : शुक्रबार, साउन १५, २०७८



  • गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालय मातहतका विभागको कार्यप्रगतिबारे जानकारी लिएका छन्।

    प्रशासन सुरक्षा तथा समवन्यन, आन्तरिक व्यवस्थापन, कानुन विपत् तथा द्वन्द, नीति योजना अनुगमन मुल्याङ्कन महाशाखा, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग, कारागार व्यवस्थापन विभाग, अध्यागमन विभागका प्रमुख, सचिव तथा सहसचिवहरुले गृहमन्त्रालयमा हालसम्मको कार्यप्रगति र योजनाबारे जानकारी गराए।

    मन्त्री खाँणले समग्र विभाग प्रमुखहरुलाई प्रस्तुतिको लागि धन्यवाद दिँदै मातहातका विभागले सरकारको उपस्थिति जनाउनु पर्ने भएकाले अझ प्रभावकारी सक्रियता बढाउन निर्देशन दिए।

    प्रबिधि र परिवर्तनलाई जिम्मेवार पूर्ण बहन गरी सोअनुसारको भूमिका निर्वाह गर्न खाँणले निर्देशन दिए।

    ‘यहाँहरुको सक्रियता, उत्सुकता, जिम्मेवारी र दायित्व पुरा गर्नका लागि सधै साथमा रहने विश्वास दिलाउँछु’ खाँणले भने।

    त्यस्तै कोरोना संक्रमणका कारणले कारागारका कैदीहरुलाई भेट्न जाँदा पिसिआर जाँचको रिपोर्ट देखाएर भेट्न दिन उनले निर्देशन दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij