आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बाख्रासँग बिहे गर्ने युवक र बिहे गराइदिने पण्डित प्रहरी नियन्त्रणमा

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • काठमाडौं। बाख्रासँग बिहे गर्ने एक युवक र बिहे गराइदिने पण्डितलाई प्रहरीले हिरासतमा लिएको छ । ती युवकले बाख्रासँग बिहे गरिरहेको भिडियो सामाजिक संजालमा भाइरल भएपछि प्रहरीले एक्सन लिएको हो । यो बिहेको भिडियो अहिले पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

    यो बिहे पाकिस्तानको मिरपुरखास जिल्लामा भएको पाकिस्तानी मिडिया द न्यूजले जनाएको छ । बाख्रासँग बिहे गर्ने युवक हिन्दू हुन् र उनको नाम अशोक भेल भएको बताइएको छ । भिडियोमा अशोकले मिरपुरखास जिल्लाको डिगरी क्षेत्रमा बाख्रासँग बिहेको सबै रितिरिवाज पूरा गरिरहेको देख्न सकिन्छ । भिडियोमा बिहे गर्ने युवकका मातापिता पनि बिहेमा उपस्थित भएको देखिन्छ ।

    पछि प्रहरीले बेहुला अशोक भेल र बिहे गराइदिने पण्डित भगत भेललाई हिरासतमा लिएको समाचारमा जनाइएको छ । पण्डित भगतले प्रहरीलाई बताएअनुसार उनीहरुको विश्वासमा कुनै पनि विधवा वा सम्बन्धविच्छेद गरेकी महिलाले अविवाहित युवकसँग बिहे गर्नु हुँदैन । त्यसैले ती युवकको पहिले बाख्रासँग बिहे गराइदिएर उनलाई ‘विवाहित’ बनाउन खोजिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij