आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

‘डोको बुन्ने र बाख्रा पाल्नेका हातमा १० लाख दिन्छौँ’

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • हेटौँडा । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले अति निम्न किसानको हातमा रु १० लाख दिएर उद्यमी बनाउन सरकार प्रयासरत रहेको बताएका छन्।

    मन्त्रालयले यहाँ आयोजना गरेको कार्यक्रममा उनले उक्त लगानीले कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्ने बताए । यस्ता लगानी साना पौरखी हातका लागि भएकाले उहाँले उक्त रकम मान्द्रो, डोको, ठेकी बनाउनेलाई उद्यमी बनाउनेतर्फ उन्मुख हुनेमा जोड दिए ।

    ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको मन्त्री ढुङ्गेलको भनाइ छ । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन उनको अनुरोध छ ।

    उक्त लगानी आव २०७७÷७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमार्फत रु ६० करोड ५० लाख ७५ हजार छ । कृषि विकास बैंक लिबाट लगानी गरिएको रु ६० करोडमध्ये प्रदेशका ३५० कृषकले रु ५२ करोड ९३ लाख ६३ हजार रहेको मन्त्री ढुङ्गेलले बताए ।

    प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । मन्त्री ढुङ्गेलले १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको मन्त्री ढुङ्गेलले जनाए ।

    प्रदेशमा रु ६१ अर्ब राजस्व उठेको मन्त्रालयका सचिव दण्डुराज घिमिरेले बताए । छुट र सुविधाका कारण लक्षित राजस्व उठाउन सफल भएको उनको भनाइ छ । आव २०७७÷७८ मा रु ६१ अर्ब राजस्व उठेको उनले जनाए । प्रदेशको बेरुजु हिसाबमा पेश्की रहेका कारण यसमा पनि सफल भएको सचिव घिमिरेको भनाइ छ । बेरुजु हिसाब रु ९८ करोड ८३ लाख रहेको उनले जानकारी दिए । रासस

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij