आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्न कांग्रेस नेता कोइरालाको प्रस्ताव

  • प्रकाशित मिति : शनिबार, साउन १६, २०७८



  • काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भदौ १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने प्रस्ताव गर्नुभएको छ ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनको सुनिश्चितता र भावी नेतृत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले भदौको १६ गतेदेखि वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशन सुरु गर्न प्रस्ताव गर्नुभयो ।

    अहिलेकै अवस्थामा क्रियाशील सदस्यताको विवाद धेरै जिल्लाहरुमा रहेको बताउँदै उहाँले भदौसम्म क्रियाशील सदस्यताका विवाद टुंगाएर १६ गतेदेखि वडा तहको महाधिवेशन सुरु गर्नुपर्ने बताउनुभयो ।

    ‘वडा तहको अधिवेशन भदौ १६ मा सुरु गरेर निर्वाचन आयोगलाई जानकार दिऔँ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि बाँकी तहहरूको पनि छिट्टै गर्दै जाऔँ ।’

    नेता कोइरालाले कार्यकर्तालाई भ्रममा नराख्न पनि नेतृत्वलाई आग्रह गर्नुभयो । सभापति शेरबहादुर देउवाले भदौको १६ गते महाधिवेशनको उद्घाटन गर्छु भनेर कार्यकर्तालाई भ्रममा राखेको आरोप लगाउँदै उहाँले अहिलेको अवस्थामा भदौ १९ गतेभित्र महाधिवेशन सम्भव नभएको बताउनुभयो ।

    पदाधिकारी र पूर्वपदाधिकारीहरुले नियमित छलफल गरिरहे पनि निचोड निकाल्न नसकेकोमा असन्तुष्टि प्रकट गर्नुभयो । आफूलाई लोकतन्त्रको पाठशाला भन्ने कांग्रेस आफैँ लोकतान्त्रिक बन्न नसकेकोमा उहाँले कार्यकर्तासँग क्षमा माग्नुभएको छ ।

    ‘अधिवेशन हुन नसकेकोमा क्षमा चाहान्छु, हामी लोकतान्त्रको पाठशाला हो,’ उहाँले भन्नुभयो, ‘अरू दलहरूलाई सिकाउनुपर्ने पार्टी हामी, तर आज आफैँ लोकतन्त्रीक बन्न सकेनौँ ।’

    पदाधिकारीमा उपसभापति लगायतका पद थपेर दुई वर्षपछि महाधिवेशन गर्ने हल्ल सुनेको उल्लेख गर्दै डा. कोइरालाले यस्ता विषयले कांग्रेस थप कमजोर हुने बताउनुभयो । विधान विपरीत आफूले कुनै पनि पद नस्वीकार्ने उहाँको भनाइ छ ।

    कांग्रेस अन्यन्तै संकटमा भएको बताउँदै डा. कोइरालाले अदालतमा कसैले रिट परेर फरक फैसला आएमा के हुन्छ भन्दै नेतृत्वमाथि प्रश्नसमेत गर्नुभयो ।

    ‘नेपाली कांग्रेस अत्यन्तै संकट छ, अदालतमा राजनीतिक मुद्दा सबैको छ, कांग्रेसको मात्रै छैन,’ उहाँले भन्नुभयो, ‘तर अब नेपाली कांग्रेसको विषयमा पनि मुद्दा पर्नसक्ने डर निम्तिएको छ, कसैले मुद्दा हालेर अदालतले फरक निर्णय गरे कांग्रेसको भविष्य के हुन्छ, सोच्नुपर्दैन ?’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij