आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पारस शाहले चढ्ने बाईकको मूल्य कति ?…

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०७८



  • पूर्वयुवराजधिराज पारश शाहलाई हेल्मेट नलगाई नशालु हालतमा असुरक्षित तवरले मोटरसाइकल कुदाएपछि हिजो साँझ प्रहरीले समातेको छ ।

    काठमाडौं महाराजगञ्जको चक्रपथ चोकमा हेल्मेटबिना हार्ले ड्याभिड्सनको मोटरसाइकल कुदाएका उनी सद्दे हालतमा समेत देखिएका छैनन् ।

    प्रहरीका अनुसार उनले ड्रग्स नखाए पनि सद्दे अवस्थामा नरहेको र राम्रोसँग उभिन र बोल्न समेत नसकेको भिडियोमा देखिन्छ ।

    प्रहरीको फन्दामा परेपछि प्रहरीले हात समातेर घर जान अनुरोध गर्दा उल्टै जाइलागेर जान्नँ भन्दै नाकतिर औंला तेर्स्याएर अड्डी कसेका थिए ।

    आफूले कहिल्यै हेल्मेट नलगाउने जिद्दी गरेका पारस आज पनि लामै कपालमा प्रहरीसँग दोहोरो सवाल जवाफमा उत्रेका हुन् । उनले भनेका छन्, ‘म कहिल्यै हेल्मेट लगाउँदिन ।

    ’पछि जम्मा भएका केही मोटरसाइकलवालाले पारसलाई ‘सरकार’ भन्दै बाइक चढाएर बिना हेल्मेट निर्मल निवास पठाएको छ ।

    उनले चढ्ने बाईकबारे चासो बढेको छ । केही समयअगाडि पूर्वयुवराज पारस शाहको एउटा भिडियो भाइरल बन्यो। त्यो भिडियोमा केही स्थानीयले उनलाई ‘हामी तपाईंको कार्यकर्ता हौं, हामी राजावादी हौ’ भन्दै थिए।

    ‘यो वादी र त्यो वादी नभन्नुहोस्, हामी सबै नेपाली हौं। वादी भनेको छुट्याउने कुरा हो। हामी सबै नेपाली हौं, पारसले झोक्किँदै भने। उनले त्यति भनेपछि युट्युबर सोनिका रोकाया पारसको मोटरसाइकलमा चढ्छिन् र दुवैजना हुँइकिन्छन्।

    यो भिडियो भाइरल बनेसँगै सोनिकासँगै पारसको मोटरसाइकल पनि चर्चामा रह्यो।कसैले यसलाई बुलेट बाइक भने, कसैले हार्ले डेभिड्सन भने।

    के हो त यो बाइक ?

    उनले चढेको यो मोटरसाइकल हार्ले डेभिड्सनको सफटेल हेरिटेज १९९५ मोडल हो। यो बाइक हाल नेपालस्थित नेपालको शोरुममा उपलब्ध छैन।

    उक्त मोडलको मोटरसाइकल नेपाल ल्याइएमा ८५ देखि ९० लाखसम्म पर्नसक्ने हार्ले डेभिड्सन मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सका म्यानेजर महेश थापाले जानकारी दिए।

    ‘यो मोटरसाइकल हामीले नै सर्भिसिङ गरेका हौं। लामो समयदेखि थन्काएको मोटरसाइकल भएपनि यसमा त्यति जटिल समस्या थिएन,’ उनले भने। अनलाइन मार्गबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij