आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सबै परीक्षा रोक्ने स्वास्थ्य मन्त्रालयको प्रस्तावले अन्यौलमा विद्यार्थी

  • प्रकाशित मिति : सोमवार, साउन १८, २०७८



  • काठमाडौं, साउन १८ । कोरोना संक्रमणको जोखिम बढिरहेको ठहर गर्दै स्वास्थ्य मन्त्रालयले सबै खाले परीक्षा रोक्न प्रस्ताव गरेको छ । संक्रमणको तेस्रो लहर छिट्टै सुरु हुने प्रक्षेपणकाबीच मन्त्रालयले सबै खाले परीक्षा रोकी आन्तरिक मूल्यांकनका आधारमा कक्षोन्नती गर्न शिक्षा मन्त्रालयलाई प्रस्ताव गर्दैछ । यो चर्चासँगै शैक्षिक निकायहरु गम्भीर छलफलमा जुटेका छन् भने परीक्षा दिन ठिक्क परेका कक्षा १२ का विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

    आन्तरिक मूल्यांकनकै आधारमा कक्षोन्नती गर्ने प्रस्ताव नयाँ होइन । कक्षा १२ बाहेक विद्यालय तहको सबै परीक्षा भौतिक रुपमा हुन नसकेपछि २०७६ सालमा आन्तरिक मूल्यांकनकै आधारमा कक्षोन्नती गरियो । २०७७ सालमा पनि यही भयो । तर, विश्वविद्यालयहरुले यो पद्धत्ति नअपनाउँदा धेरै विद्यार्थी मर्कामा परेका छन् ।

    यस पटक करिव पौने ४ लाख विद्यार्थी सामेल हुने गरी यही साउन ३१ गतेबाट १२ को परीक्षा भौतिक रुपमै लिने तय भएको छ । यो बेला स्वास्थ्य मन्त्रालयले कोरोनाको संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै सबै खाले परीक्षा रोकी आन्तरिक मुल्याकंनका आधारमा नतिजा प्रकाशन गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव लादैछ ।

    तर शिक्षा मन्त्री नियुक्ति हुन नसक्दा प्रशासनीयक तहबाट स्वास्थ्य मन्त्रालयको प्रस्तावबारे ठोस निर्णय हुने सम्भावना देखिँदैन । अभिभावक संघका अध्यक्ष केशव पुरी भौतिक उपस्थितिमै परीक्षा लिनु पर्ने बताउनुहुन्छ ।

    स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक रुपमै कक्षा १२ को परीक्षा लिनु पर्ने हिसानका महासचिव लोकबहादुर भण्डारी बताउनुहुन्छ ।

    परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिए पनि परीक्षा केन्द्रसम्म पुग्न प्रयोग हुने सार्वजनिक यातायातदेखि अन्यत्र जोखिम हुन सक्छ । विद्यार्थीको स्वास्थ्यमा खेलबाड गर्नुको साटो आन्तरिक मुल्याकंनकै आधारमा कक्षोन्नती गर्नु उचित हुने शिक्षाविद् बालचन्द्र लुइटेल बताउनुहुन्छ ।

    अहिले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालयहरुले भौतिक रुपमै परीक्षा संचालन गरिरहेका छन् । स्वास्थ मन्त्रालयको नयाँ प्रस्तावले भने शिक्षा क्षेत्रमा हलचल ल्याएको छ । परीक्षा सन्दर्भमा विश्वविद्यालयदेखि सम्बद्ध निकायहरु आन्तरिक छलफलमा जुटिसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij