आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

निषेधाज्ञा कडा बनाउँदै प्रशासन, उल्लंघन गर्नेलाई कारवाही गरिने

  • प्रकाशित मिति : मङ्लबार, साउन १९, २०७८



  • काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं स्वास्थ्यका मापदण्ड उलंघन गर्नेलाई कारवाही गर्ने भएको छ। आज सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) काली प्रसाद पराजुलीले तेस्रो लहरको सम्भावना भएको भन्दै स्वास्थ्य मापदण्ड उलंघन गर्नेलाई कारवाही गरिने बताएका हुन्।

    प्रजिअ पराजुलीद्वारा जारी सूचनामा भनिएको छ, ‘कोरोनाको जोखिम कायम रहेको अवस्था भएकाले तोकिएका स्वास्थ्यका मापदण्डको परिपालना नगर्ने, मास्कको उचित प्रयोग नगर्ने, भौतिकदुरी कायम नगरी अव्यवस्थितरुपमा सार्वजनिक गतिविधिहरु संचालन गर्नाले तेस्रो लहर आउन सक्ने सम्भावना देखिएको छ।’

    ‘स्वास्थ्य मापदण्ड विपरित यस्ता गतिविधिहरु नगर्न/नगराउन सबैलाई सूचित गरिन्छ। जारि निषेधाज्ञाको उलंघन गरी गतिविधि गरेमा वा गराइएमा प्रचलित कानुन अनुसार कडा कारवाही हुने व्यहोरा सूचित गरिन्छ,’ सूचनामा भनिएको छ।

    कोरोना संकट व्यवस्थापन गर्नका लागि बनेको अध्यादेश २०७८ अनुसार स्वास्थ्य मापदण्ड र निषेधाज्ञा उलंघन गर्ने व्यक्ति भएमा १ लाख रुपैयाँसम्म जरिवाना र संस्था भए ५ लाख सम्मको जरिवाना प्रमुख जिल्ला अधिकारीले तत्काल गर्न सक्ने बताइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij