आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

कैलालीमा ८ लाख असुलेर प्रहरीले जुवाडे भगाएको आरोप

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • धनगढी । कैलालीमा प्रहरीले पैसा असुलेर जुवाडे भगाएको आरोप लागेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एक रेष्टुरेन्टमा जुवा भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह आरआईटीबाट प्रहरीको टोली पुगेको थियो ।

    जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोली जुवाडेसँग भएको झण्डै ८ लाख रुपैयाँ बरामद गरेर उनीहरुलाई भगाएको आरोप लागेको हो । ‘हामी साथीभाइहरु सामान्य रमाइलोका लागि बसिरहेका थियौं,’ रेष्टुरेन्टमा उपस्थित एक जनाले भने, ‘त्यही बेला प्रहरी टोली आइपुग्यो । उहाँहरुले रेष्टुरेन्टको घर्रामा राखिएको ६ लाख, सबैको खल्तीमा भएको समेत गरेर थप दुई लाख रुपैयाँ खोसेर लग्नुभयो ।’

    प्रहरी स्रोतका अनुसार रकम बरामद गरेपछि जुवाडेहरुलाई पक्राउ गर्नुको साटो छोडिएको थियो । ‘ठूूलो जुवा भइरहेको सूचनापछि जिल्ला र प्रदेशबाट प्रहरी टोली खटाइएको थियो,’ एक प्रहरी अधिकृतले भने, ‘तर पक्राउ गर्न भनेर खटिएका प्रहरीहरुले रकम असुल्दै उहाँहरुलाई छोडेर संगठनप्रति नै गद्दारी गर्नुभएको छ ।’

    जिल्ला प्रहरी कार्यालय कैलालीले भने जुवा खेलिरहेको भन्ने सूचना आएपछि प्रहरी टोली खटिएको तर उनीहरुलाई पक्राउ गर्न नसकिएको दाबी गरेको छ । ‘हामीलाई जुवा भइरहेको भन्ने सूचना प्राप्त भएपछि टोली परिचालन भएको थियो । तर जुवाडेहरु भागिहाले । नगद ८५ हजार रुपैयाँ बरामद गरेका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले भने ।

    रकम असुलेर जुवाडेलाई भगाएको भन्ने आरोप निराधार भएको बताउँदै डीएसपी बिष्टले प्रमाणसहित आएमा सम्बन्धित प्रहरीलाई कारबाहीको दायरामा ल्याइने जनाए । तर जुवाडे पक्राउ गर्न खटिएकै प्रहरीबीच समेत लेनदेनमा कुराकानी नमिल्दा विवाद सिर्जना भएको स्रोतको दाबी छ ।

    सोही कारण प्रहरी अधिकारी नै दुईथरी कुरा गर्न थालेका छन् । जुवाडे पक्राउ गर्न खटिएका एक प्रहरी अधिकारीले रेष्टुरेन्टको घर्रामा ५–६ लाख रकम राखिएको भन्ने सूचनाका आधारमा त्यहाँ पुगे पनि उक्त पैसा नभेटिएको दाबी गरे ।

    ‘हामीले घर्रामा राखिएको भन्ने रकम भेटाएनौं । पछि राति सम्बन्धित व्यक्ति आएर पानीको तलाउबाट निकालेर लगे भन्ने कुरा सुन्नमा आएको छ,’ उनले भने । सोही प्रकरणमा खटिएका अर्का प्रहरी अधिकारीले भने रेष्टुरेन्टमा भएको सबै रकम बरामद गरेको दाबी गर्छन् ।
    अनलाइनखबरबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij