आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

काठमाडाैंमा साउन २२ गतेदेखि भेराेसेलकाे दाेस्राेमात्रा लगाइने

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • काठमाडौं । साउनको २२ गतेदेखि काठमाडौंमा कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा दिइने भएको छ। खोपको पहिलोमात्रा लगाएर २१ दिन पुरा भएका व्यक्तिहरुलाई दोस्रो मात्राको खोप दिन लागिएको जिल्ला स्वास्थ्य कार्यलय काठमाडौंले जनाएको छ।

    जिल्ला खोप समन्वय तथा अनुगमन समितिको मंगलबार बसेको बैठकले साउन २२ गतेदेखि २४ गतेसम्म भेरोसेलको दोस्रो मात्रा लगाउने बारे निर्णय गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको संयोजकत्वमा बसेको उक्त बैठकले काठमाडौं महानगरका ३२ वटै वडाहरुमा र अन्य १० वटा पालिकाको स्कुल वा फराकिलो स्थानमा खोप केन्द्र राखि खोप लगाउने निर्णय गरेको हो।

    दोस्रो मात्रा खोप लगाउने व्यक्तिहरुले अनिवार्य रुपमा विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा लगाएको खोप कार्ड लिएर खोप केन्द्र जानुपर्ने छ।

    अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुको लागि प्रसुति गृह थापाथली, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल बानेश्वर, शिक्षण अस्पताल महाराजगञ्ज र राधास्वामी आइसोलेसन सेन्टर सामाखुसीमा खोप कार्यक्रम सञ्चालन हुनेछ ।

    विदेशमा काम गर्न जानेहरुका लागि नेपाल प्रहरी र वीरेन्द्र सैनिक अस्पतालमा खोप केन्द्र तोकिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij