आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको अवैध सुन गौशलाबाट बरामद

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • काठमाडौं। प्रहरीले काठमाडौंको गौशलाबाट करिब २ किलो सहित तीन जनालाई पक्राउ गरेको छ। सिल्भर रङको पेन्ट दलेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्रिएको सुन प्रहरीले गौशलाको एक गेष्ट हाउसबाट बरामद गरेको हो।

    महानगरीय अपराध महाशाखाले सिल्भर रङको पेन्ट दलेको अवस्थामा १ किलो ८६६ ग्राम सुन बरामद गरेको हो। पक्राउ पर्नेहरुमा भारत राजस्थान नागौर छोटिखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठाउँका २८ वर्षीय अब्दु सतार र २४ वर्षीय प्यार मोहम्मद रहेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।

    उनीहरुलाई बुधबार सिनामंगलस्थित मिर्चैया मल्हनिया गेस्ट हाउसको कोठा नम्बर २०२ बाट प्रहरीले पक्राउ गरेको कोेइरालाले बताए। उनीहरु बसेको कोठा खानतलासी गर्दा सुटेकशभित्र लुकाएर राखेको अवस्थामा सुन फेला परेको थियो।

    प्रहरीले उनीहरुको साथबाट भारतीय रुपैयाँ १ लाख ५ हजार ५ सय पनि बरामद गरेको छ। अनुसन्धानका क्रममा वैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिलाई प्रयोग गरी उनीहरुले सुन ल्याउन लगाएको पाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij