आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

जोगिएला मुख्यमन्त्री शंकर पोखरेलको पद? यस्तो छ अंक गणित

  • प्रकाशित मिति : बुधबार, साउन २०, २०७८



  • काठमाडौं। लम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको सत्ता संकटमा परेको छ। विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएपछि मुख्यमन्त्री पोखरेलको पद धरापमा परेको हो।

    जसपाले महन्थ ठाकुर पक्षका तीन मन्त्रीमाथि कारवाही भएपछि पोखरेल सरकार झनै संकटमा परेको छ। मंगलबार विपक्षी गठबन्धनले उनी विरुद्ध दोस्रो पटक अविश्वासको प्रस्ताव पेश गरेसँगै पोखरेललाई मुख्यमन्त्रीको पद जोगाउनु पर्ने चुनौती आइलागेको छ।

    यसअघि बैसाख ६ गते माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिएपछि माओवादीसहित नेपाली कांग्रेस, उपेन्द्र यादव समूहको जसपाले पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका थिए।

    वैशाख २६ गते मुख्यमन्त्री पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्तावमा हस्ताक्षर गरी विपक्षी गठबन्धनले प्रदेश प्रमुखसमक्ष प्रदेशसभाको विशेष अधिवेशन माग गरे पनि तत्कालीन प्रदेश प्रमुखले विशेष संसद अधिवेशन आह्वान गर्न अस्वीकार गरेका थिए।

    यसरी किचलो बनेको लुम्बिनी सरकार विरुद्ध मंगलबार अविश्वासको प्रस्ताव पेश भएसँगै त्यहाको अंकगणित रोचक मोडमा पुगेको छ।

    यस्तो छ अंकगणित

    ८० सांसद कायम रहेको लुम्बिनी प्रदेशसभामा सामान्य बहुमतको लागि कम्तीमा पनि ४१ सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेशसभामा मुख्यमन्त्री पोखरेलपक्ष एमालेको ३८ सांसद रहेका छन्।

    विपक्षी गठबन्धनमा कांग्रेसको १९, नेकपा मओवादी केन्द्रको १९ (विमलाकुमारी खत्री ओलीसहित) सांसद रहेको छ। त्यसैगरी जसपाको ३ र राष्ट्रिय जनमोर्चाको १ सांसद रहेको छ।

    एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी सांसद ओली बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन्। केही दिन अघि रहस्यमय ढंगले सम्पर्कविहीन भएकी ओली सोमबार विज्ञप्ति जारी गर्दै आफू एमालेमा रहने बताएकी थिइन्।

    श्रीमान उत्तरकुमार ओलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन्।

    उनका श्रीमान उत्तरकुमार भने एमालेबाट निर्वाचित भएका थिए। तर उनी प्रदेश सभामा विपक्षी बेन्चमै बस्दै आएकी थिइन्। प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन्।

    बुधवार ओली माओवादी केन्द्रमा नै फर्केपछि विपक्षी गठबन्धनलाई सरकार बनाउन बहुमत पुगेको छ । यसरी अबको अंगगणित हेर्दा लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको ८० सदस्यमा मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ मत छ भने विपक्षमा गठबन्धनमा सभामुखसहित ४२ मत छ। यो अंकगणित भनेको गठबन्धनको प्रष्ट बहुमत हो।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij