प्रकाशित मिति : बिहिबार, साउन २१, २०७८
काठमाडौं। जापानले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको खोप आगामी शनिबार आउने भएको छ। जापानले १६ लाख डोज अस्ट्राजेनेका खोप अनुदान सहयोग गर्ने घोषणा गरेको थियो। सो खोप आगामी शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको हो।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सो खोप आइपुग्ने समयबारे जानकारी दिएका हुन्। बुधबार साँझ ट्वीट गर्दै राज्यमन्त्री श्रेष्ठले जापानले दिने खोप आउन लागेको भन्दै त्यसका लागि जापानलाई धन्यावादसमेत दिएका छन्।
अब छिमेकी चीनले दिने भनेको १६ लाख डोज भेरोसेल खोप आउन बाँकी छ। सरकारले अन्य खोपहरु पनि आउने बताइहरेको छ। त यकिन मिति भने तोकिएको छैन। हाल नेपालमा भेरोसेल र जोन्सन एन्ढ जोन्सनको खोप अभियान चलिरहेको छ। शुक्रबारदेखि भेरोसेलको दोस्रो डोजको खोप अभियान शुरु हुँदैछ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij