आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

  • प्रकाशित मिति : शुक्रबार, साउन २२, २०७८



  • काठमाडौं, साउन २२ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ ।

    कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिश गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले टवीटमार्फत जानकारी दिनु भएको छ ।

    मन्त्रालयको सिफारिसपछि यही साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा के गर्ने भनेर निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबार बस्ने भएको छ । बोर्डले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो ।

    मन्त्रालयले कोरोना खोप उपलब्ध गर्ने विषयमा सिसिएमसीसंग परामर्श गरेको थियो । तर सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बोर्ड पनि परीक्षाको नयाँ मिति तोक्ने दिशामा अगाडि बढेको बोर्ड सम्बद्ध एक अधिकृतले इमेज समाचारलाई जानकारी दिनुभयो ।

    पाँच दिन अघि स्वाथ्य राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सबै खाले परीक्षा रोकी आन्तरिक मुल्याकंनको आधारमा कक्षोन्नति गर्न प्रस्ताव गर्नु भएको थियो । तर, शिक्षा मन्त्रालयलगायत अन्य परीक्षा सम्बद्ध निकायहरुले यो प्रस्तावबारे औपचारिक प्रतिक्रिया जनाएका छैनन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij