आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दार्चुला प्रकरणः छानबिन टोली पीडितको घरमा पुग्यो

  • प्रकाशित मिति : शनिबार, साउन २३, २०७८



  • दार्चुला। दार्चुलाको ब्यास गाउँपालिकाका एक युवा महाकाली नदीमा तुइन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बलले तुइन काटिदिँदा बेपत्ता भएको भन्ने विषयमा छानबिन गर्न गठन गरिएको उच्चस्तरीय छानबिन टोलीका सदस्यहरु शुक्रबार दार्चुलाको ब्यासस्थित पीडितको घरमा पुगेका छन्। ब्यास गाउँपालिका २ स्थित बेपत्ता युवक जयसिंह धामीको घरमा गृह मन्त्रालयको छानबिन टोली पुगेको हो।

    टोली धामीको घर पुगेर सदरमुकाम फर्किएको छ। छानबिन टोलीले पीडित परिवारलाई भेटेर घट्नाबारे छलफल गरेको छ। सेनाको हेलिकोप्टरबाट छानबिन टोली ब्यास पुगेको थियो। पीडित परिवारसँग छलफलपछि टोली हेलिकोप्टरबाटै फर्किएको हो।

    छानबनि टोलीले घटनस्थलकोसमेत अनुगमन गरेको छ। शुरुमा भारतीय भूमि हुँदै छानबिन टोली एसएसबीसहित मालघाट पुगेको थियो। घटनास्थल पुग्न नेपाली भूमिबाट बाटो नभएपछि टोली भारतीय भूमि हुँदै पुगेको थियो। त्यसपछि हेलिकोप्टरबाट शुक्रबार टोली पीडितको घरमा पुगेको हो। टोलीले स्थानीय, प्रत्यक्षदर्शीलगायतसँग सो घटनाबारे सोधपुछ गरेको छ।

    १० दिन भित्र प्रतिवेदन दिने गरी गठन गरिएको छानबनि समिति गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छ। समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

    साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइनको डोरी काटिदिँदा धामी बेपत्ता भएको बताइन्छ। भारतीय पक्षले भने सो घटनामा एसएसबीको संलग्नता नभएको दावी गरेको छ। तर, प्रत्येक्षदर्शीहरुले एसएसबीले तुइन काटेको बताउने गरेका छन्। बेपत्ता धामी हालसम्म फेला परेका छैनन्। तर, उनका आफन्तहरुले भने कुशको पुतला बनाएर सद्गद् गरिसकेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij