आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घूस लघुकथा

  • प्रकाशित मिति : शनिबार, साउन २३, २०७८



  • घूस
    लघुकथा

    ओछ्यानमा पल्टिएको रमेश धेरै समयसम्म सोचिरहे।

    जो कोही उनीसँग कुरा गरोस् भन्न चाहँदैन थिए। त्यसैले चुपचाप विगतका राम्रा पलहरू सम्झिएर आफैंलाई धिक्कार्दै थिए।

    रमेश शर्मा आफ्नी आमाको एक्लो छोरा हुन्। सानै उमेरमा बाबु गुमाए तर उनलाई आमा सरलाले पढाउन र हुर्काउन कुनै कसर बाँकी राखिनन्। एउटा सानो सरकारी जागिरको भरमा उनले छोरालाई राम्रो शिक्षा दिक्षा दिन कुनै कसर बाँकी राखिनन्।

    रमेशले पनि ईमान्दारितासँग पढे र रकारी अधिकृतमा नाम निकाले। आमाको सही शिक्षा र दिक्षाले उनले इमान्दारपूर्वक काम गरे। ‘इमान्दारितापूर्वक काम गर्नू। कहिल्यै कसैबाट घूस नलिनू। भगवानले जे दिनुभएको छ त्यसमा खुशी हुनुपर्छ। धेरै ठूलो चाहना लिएर कसैको पनि दिल दुखाउने काम नगर्नू!’, आमाले दिएको दिव्य ज्ञान अहिले ऊ सोच्न बाध्य भएको छ।

    ‘म किन खुसी हुन सकिनँ? आमाको कुरा किन पालन गर्न सकिनँ! आज आमा जिउँदो हुनुभएको भए मलाई माफ गर्नुहुन्थ्यो होला?,’ विस्तारामा ढल्केर उनले सोचिरहे।

    सायद यही उच्च आकांक्षाको लागि आमा अञ्जलीलाई मनपराउनु हुन्थ्यो?

    उनी अञ्जलीको प्रेममा यति पागल भए कि, आफ्नी आमासँग गरेको सबै बाचा बिर्सिए। आमाको प्रस्थानपछि, उनी लोभको अगाडि पराजित भए। किनकि, तीन चार वटा घर, नयाँ नयाँ कारको आवश्यकता बढ्दै गयो।

    मानिसहरू मरेसम्म एउटै घरमा बस्छन्। तर उनका इच्छा र आकांक्षा किन बढ्दै गए उसैलाई थाहा छैन। उनको मुटुको धड्कन तेज हुन थाल्यो। उनी हिजो घुस लिँदालिँदै रंगेहात पक्राउ परे।

    तर आजसम्म अञ्जलीले न त उनलाई फोन गरिन्। न भेट्न नै आइन। उसैको सबै इच्छा र चाहना पुरा गर्न रमेशले आफ्नो नैतिकताको त्याग गरेका थिए। आदर्शको हत्या गरे त्यहीँ जीवनसाथी अञ्जली आज उनको साथ दिन आइनन्।

    उनीसँग सायद आज धेरै प्रश्नको उत्तर छैन्। अरू सोच्न सकेनन्। चारैतिर कालो बादल घुमिरहेझैं लाग्यो। कम्वल तानेर हतार हतार मुख छोप्दै मनमनै सोच आयो समाजमा मुख छोपेर हिँड़नुलाई के मिल्छ होला…

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij