आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आफ्नो गाडीले नियम तोडेपछि मन्त्री आफैंले ट्राफिक बोलाए, रसिद काट्न लगाएर जरिवाना तिरे

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०७८



  • काठमाडौं। नियम कानुनको पालना आम सर्वसाधारणले अनिवार्य रुपमा गर्नैपर्ने तर पहुँचवाला व्यक्तिले नियम तोडे पनि प्रशासन र प्रहरीले कारवाही नगर्ने गरेको गुनासो प्रशस्तै सुनिन्छ । शक्तिशाली र पहुँचवाला व्यक्तिले नियम तोड्ने गरेको आरोपमा बीच एक जना मन्त्री चर्चामा छन् । नेपालमा जस्तै राजनीतिक संस्कार भएको भारतमा एक मन्त्रीले आफ्नो गाडीले नियम तोडेको थाहा पाएपछि आफैंले ट्राफिक प्रहरी बोलाए र जरिवानाको रसिद काट्न लगाए र आफैंले जरिवाना तिरेपछि यसको चर्चा बढेको हो ।

    यी मन्त्री मध्य प्रदेशका हुन् । प्रदेशको शहडोल जिल्लाका प्रभारी रहेका मन्त्री राम खेलावन पटेल २ दिने कार्यक्रमका लागि गृहजिल्ला पुगेका थिए । त्यहाँ उनलाई जिल्ला प्रशासनले गाडी उपलब्ध गरायो । प्रशासनले दिएको गागीको सिसा कालो फिल्म लगाएर कालो पारिएको थियो । भारतमा नियमअनुसार विशेष अनुमति प्राप्त व्यक्ति बाहेक अरुले गाडीमा कालो सिसा प्रयोग गर्न पाइँदैन ।

    नवभारत टाइम्सका अनुसार मन्त्री पटेलले आफूलाई प्रशासनले दिएको गाडीमा कालो सिसा देखेपछि असन्तुष्टि जनाउँदै तत्कालै डिएसपी हेडक्वार्टरलाई आफ्नो गाडीले नियम उल्लंघन गरेकोले कारवाही गर्न भने । गाडीबाट ओर्लिएर उनले स्वयं जरिवाना तिरे । यातायात सुवेदार अभिवन रायले उनको जरिवानाको रसिद काटे । त्यसपछि त्यो गाडीको सिसाबाट कालो फिल्म हटाइयो । यो घटना त्यस क्षेत्रमा चर्चाको विषय बनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij