आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

फागुनमा काेभिशिल्डकाे पहिलाे मात्रा लगाएकालाई भाेलिबाट अस्ट्राजेनेका खाेप दिने

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०७८



  • काठमाडौं । सरकारले सोमबारदेखि अस्ट्राजेनेका खोप अभियान सुरु गर्ने भएको छ । कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई अस्ट्राजेनेका खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    साउन २५ गतेदेखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जानकारी दिनुभयो ।

    खोप उपलब्ध गराइरहेका खोप केन्द्रबाट कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पखाईमा रहेका ६५ वर्ष वा सो भन्दा माथिका नागरिकलाई खोप लगाउने तयारी विभागको छ ।

    विभागकाअनुसार दोस्रो मात्रा दिई बाँकी रहेको खोप विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने छ। भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत् प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

    वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ।

    सरकारले गतवर्ष फागुन २३ देखि चैत ३ गतेसमम ६५ वर्षमाथिका वृद्धलाई कोभिशिल्ड खोप लगाएको थियो । अस्ट्राजेनेका र कोभिशिल्ड फरक ठाउँमा उत्पादन भएपनि दुवै खोप एकै प्रकृतिको भएको बताउँदै उक्त खोप दिन लागिएको बताइन्छ ।

    जापानले कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध गराउने भनेको १६ लाखमध्ये ५ लाख १३ हजार ४२० डोज खोप शनिवार काठमाडौं आइपुगेको छ भने थप खोप आज आउँदैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij