आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

कोरोना संक्रमण बढ्दै जाँदा भारतसँगका मूख्य नाकाहरुमा कडाइ

  • प्रकाशित मिति : आइतवार, साउन २४, २०७८



  • काठमाडौं । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि भारतसंगका मूख्य नाकाहरुमा कडाई गरिए पनि अन्य नाकाहरु भने सामान्य अवस्थामा झैं छन् ।

    रुपन्देहिमा सुनौली–बेलहिया नाकामा चेकजाँच गरिने भए पनि अन्य नाकाहरुमा निर्वाध आवत जावत भैरहेको छ ।

    बेलहिया नाकाबाट मात्र दैनिक करिब एक हजार २ सय जना नेपाल आउने र करीब सात सय भारत जाने गरेका छन् । तर जिल्लाका अन्य नाका तथा चोर बाटोबाट आवत जावत गर्नेको संख्या निकै बढी रहेको छ ।

    त्यस्तै सुदूरपश्मिको त्रिनगर, गड्डाचौकी नाकामा पनि केही कडाई गरिए आवत जावत भने जारी नै छ । यता, पूर्वका काँकडभिट्टा र जोगवनी सिमानाका भने सुनसान रहेका छन् । कोरोना परीक्षणको रिपोर्टका आधारमा मात्र सिमा प्रवेश गर्न दिइएको छ ।

    यी नाकाहरुबाट आयात निर्यात भने रोकिएको छैन । यस्तै सुनसरीका मूख्य नाकाहरुमा पनि कडाई गरिएको छ तर चोर बाटो प्रयोग गर्नेहरुको संख्या बढ्दो छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij