आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

तालिबानले जेल तोडेर ७०० लडाकु छुटायो

  • प्रकाशित मिति : सोमवार, साउन २५, २०७८



  • काठमाडौं। अफगानिस्तानमा सेना र तालिबानबीच संघर्ष बढिरहेका बेला तालिबानले जेल तोडेर आफ्ना ७ सय लडाकु छुटाएको छ । तालिबानले शुक्रबार शेबरगान सिटीमा एक जेल तोडेर यहाँ कैद गरिएका ७ सय लडाकु छुटाएको हो । तालिबानले देशका तीन प्रमुख प्रान्तमा शरिया कानुन समेत लागु गरेको छ ।

    तालिबानसँगको संघर्षको सुरुवाती २ महिनामा अफगानिस्तानमा करिब ३ लाख अफगानी आफ्नै देशमा घरबारविहीन भएका छन् । करिब ४० हजार अफगानी ज्यान बचाएर इरान गएर शरण लिएका छन् । संयुक्त राष्ट्रसंघको आप्रवासन सम्बन्धी एजेन्सी आइओएममा यो दावी गरिएको छ । रिपोर्टका अनुसार तालिबानीको आक्रमणबाट बच्न कैयौं अफगानी परिवार घर छाडेर भागेका छन् ।

    यसरी भागेकामध्ये ठूलो संख्यामा ती मानिसहरु पनि छन् जसलाई कोरोनाभाइरसका कारण पाकिस्तान र इरानले आफ्नो देशबाट निकालेका छन् । बाल्ख प्रान्तकी महिला गभर्नर सलीमा माजरीले तालिबानसँग लड्नको लागि ६०० जनाको फौज तयार गरेकी छिन् । यो फौज प्रान्तको चारैतिर तैनाथ छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij