आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

हितेन्द्रदेव शाक्य भन्छन्- ३३ वर्ष विद्युत प्राधिकरणमा काम गरेँ, छाडेर कहाँ जानु?

  • प्रकाशित मिति : सोमवार, साउन २५, २०७८



  • नेपाली सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।

    जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन ३० गते गएको पहिरोबाट विस्थापित परिवारमध्ये ३१ घरपरिवारलाई आइतबार सेनाले अस्थायी आवास हस्तान्तरण गरेको हो ।

    श्री नम्बर २६ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी विष्णु राउतले जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई संयुक्त रुपमा अस्थायी आवास हस्तान्तरण गरेको सेनाले जनाएको छ ।

    सेनाले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक हेल्थ पोष्टको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको बताइएको छ । हस्तान्तरण कार्यक्रममा सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी, जुगल गाउँपालिकाका अध्यक्ष, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधिलगायत पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । गत वर्ष लिदी बस्तीमा पहिरोमा परी ३९ जनाले ज्यान गुमाएका थिए ।

    बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा सेनाले खुशी व्यक्त गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij