आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

झण्डै ९२ लाखसहित चार जना हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, साउन २६, २०७८



  • हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ।

    महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।

    उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो।

    काठमाडौं-१३ ताहाचाल बस्ने ५३ वर्षीय तरुण अग्रवाल, तनहुँ घर भई काठमाडौंको गोंगबु बस्ने २५ वर्षीय नितेश श्रेष्ठ, रामेछाप घर भई भक्तपुर सल्लाघारी बस्ने २९ वर्षीय नरबहादुर खड्का र जोरपाटी बस्ने ३४ वर्षीय अर्जुन चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।

    गणबहाल क्षेत्रमा हुण्डी कारोबार भइरहेको भन्ने प्रहरीले विशेष सूचना पाएको थियो। सोही सूचनाको आधारमा खटिएको विशेष टोलीले तनुज इन्टरप्राइजेज प्रालि गणबहालमा चेक गरेको थियो।

    त्यहाँ हुण्डी कारोबार भइरहेको खुलेपछि सञ्चालक तरुण अग्रवालसहित चार जनालाई पक्राउ गरेको हो।

    उनीहरूबाट ९१ लाख ९६ हजार रुपैयाँ, ८० लाख ४३ हजार ३ सय १९ बराबरको डिपोजिट स्लिप र ३६ लाख ८३ हजार ४ सय ४८ रुपैयाँ बराबरको चेक बरामद गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए।

    उनीहरूमाथि प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीको लागि सम्पत्ति शुद्धीकरण विभाग हरिहर भवन ललितपुरमा पठाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij