आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई प्रहरीलाई बर्खास्त गरिँदै

  • प्रकाशित मिति : बुधबार, साउन २७, २०७८



  • This undated image shows the building of Nepal Police Headquarters in Naxal, Kathmandu.

    काठमाडाै। संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिइने नेपाल प्रहरीतर्फको आन्तरिक परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको पुष्टि भएपछि दुई प्रहरीलाई बर्खास्त गर्दै परीक्षा रद्द गर्ने तयारी भएको छ ।

    सो प्रकरणको छानबिनका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले सचिवालयका डीआईजी वसन्त लामाको संयोजकत्वमा छानबिन समिति बनाएका थिए । समितिले गरेको छानबिनपछि प्रश्नपत्र लिक भएको पुष्टि भएको हो ।

    सो प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेकोमा डीएसपी रूपेश खड्कासहित ११ जना प्रहरी कर्मचारी दोषी देखिएपछि कारबाहीका लागि सिफारिस गर्ने तयारी भएको छ । छानबिन समितिले अनुसन्धानको प्रतिवेदन तयार गरेर प्रहरी महानिरीक्षकलाई बुधबार बिहान बुझाउँदै छ ।

    ‘अनुसन्धान सकियो, प्रश्नपत्र लिक भएको पुष्टि भएको छ, परीक्षा रद्द गर्न प्रतिवेदनमा सिफारिस गरेका छौं, केही प्रहरी कर्मचारीलाई कारबाहीका लागि पनि सिफारिस गरेका छौं, लेयर लेयरमा कारबाही सिफारिस भएको छ,’ छानबिन समितिका एक सदस्यले राजधानीसँग भने ।

    ती प्रहरी अधिकारीका अनुसार दोषी प्रहरीलाई प्रहरी ऐनबमोजिम बर्खास्तीदेखि नसिहत र बढुवा रोक्कासम्मको कारबाही सिफारिस गर्न प्रतिवेदनमा भनिएको हो । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij