आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नर्सले ८ हजार ६ सय वृद्धवृद्धालदाई कोरोना खोप भनेर स्लाइन पानी लगाइदिएको खुलासा

  • प्रकाशित मिति : बिहिबार, साउन २८, २०७८



  • काठमाडौं। भ्याक्सिन विरोधी एक नर्सले ८ हजार ६ सय जना वृद्धवृद्धालाई कोरोनाको खोप भनेर स्लाइन पानी भरेर सुई लगाइदिएको खुलासा भएको छ । अब ती बिरामीहरुलाई खोपको अर्को डोज लगाउन भनिएको छ । जर्मनीको फ्रिसल्याण्ड जिल्लाको एक खोप केन्द्रमा कार्यरत रेडक्रसकी ती नर्सले बिरामीहरुलाई वास्तविक कोभिड खोप लगाइदिनुपर्नेमा स्लाइन पानीको घोल मात्र लगाइदिएको आशंका गरिएको द सनको रिपोर्टमा जनाइएको छ ।

    स्थानीय अधिकारीहरुले मंगलबार यसबाट करिब ८ हजार ६ सय स्थानीय प्रभावित भएको हुन सक्ने जानकारी दिएपछि स्थानीय काउन्सिलर स्भेल एम्ब्रोसीले फेसबुकमा आफूलाई नराम्रो झट्का लागेको लेखेका छन् । उनले करिब ८ हजार ६ सय जनाले भ्याक्सिनको सट्टामा स्लाइन पानी मात्रै पाएको जानकारी दिनुपर्दा आफूलाई दुःख लागेको बताउँदै ती सबैलाई खोपको अर्को डोज लगाउन भनेका छन् ।

    स्वास्थ्य अधिकारीहरुका अनुसार ती नर्स खोप केन्द्रमा खोपका भाइलहरु बदल्न सक्षम थिइन् किनकि त्यहाँ कार्यरत हुँदा आफ्नो ड्युटीको समयमा ती नर्स नै खोप दिने तयारी र सिरिन्जको तयारीका लागि जिम्मेवारी प्राप्त स्वास्थ्यकर्मी थिइन् । यसरी सुईबाट स्लाइन पानी दिइँदा यसले कुनै नकारात्मक असर त गर्दैन तर खोप पाएको भनिएका ती वृद्धवृद्धाहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा हुनेछन् ।

    पुलिस अनुसन्धान अधिकारी पिटर बियरले एक पत्रकार सम्मेलनमा बोल्दै प्राप्त साक्षी र प्रमाणका आधारमा ‘खतराको शंका गर्न सकिने बलियो आधार’ भएको बताएका छन् । यी नर्सले यसरी खोप किन बदलिन् भन्ने स्पष्ट छैन तर प्रारम्भिक जाँचमा उनले यसअघि सामाजिक संजालमा भ्याक्सिनको विरुद्ध अभिव्यक्ति दिएको पाइएको छ । ती नर्सको पहिचान खुलाइएको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij