आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बेपत्ता होटल व्यवसायी भुण्डिएको अवस्थामा भेटिए

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • पर्वत । बिहीबार बिहानदेखि सम्पर्कविहीन कुश्माका एक होटल व्यवसायी मृत भेटिएका छन् ।

    मुस्ताङ होटलका सञ्चालन गजेन्द्र तुलाचन शुक्रबार दिउँसो बागलुङ नगरपालिका–१० डबल्याङमा मृत फेला परेका हुन् । उनी झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    बिहीबार बिहान ६ बजे मर्निङवाकका लागि निस्किएका तुलाचन दिउँसो अबेरसम्म नफर्किएका खोजी गरिदिन परिवारले प्रहरीमा निवेदन दिएका थिए ।

    जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    घटनाको बारेमाथ थप अनुसन्धान भइरहेको छ । मृतक तुलाचनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको अधिकारीले बताउनुभयो । उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij