आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमाले एकता ‘आकाशको फल’ बन्ने निश्चित

  • प्रकाशित मिति : शुक्रबार, साउन २९, २०७८



  • काठमाडौं । आत्मालोचनासहित गत फागुन २३ पछिका निर्णय खारेज गर्न अध्यक्ष केपी शर्मा ओली तयार भएमात्र एमाले फुटको जोखिमबाट बच्न सक्ने देखिएको छ । अन्तिम समयसम्म ओली नसच्चिए माधवकुमार नेपाल समूह बृहत कम्युनिष्ट निर्माणको रणनीतिमा जुटेको छ ।

    एकलौटी रुपमै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान अधिवेशन गर्ने संस्थापन पक्षको निर्णयले पार्टी एकता थप संकटमा परेको ठहर माधव नेपाल पक्षको छ । उसो त केपी ओली पक्षलाई काउन्टरस्वरुप देशभर समानान्तर गतिविधि सञ्चालनमा नेपाल पक्षले जोड दिँदै आएको छ ।

    एकताका लागि १० बुँदे सहमति समेत कार्यान्वयन हुन सकेको छैन । बरु नेताहरू एकअर्को गुटगत भेलाबाटै आरोप–प्रत्यारोपमा समय खर्चिँदै आएका छन् । एकले अर्को पक्षलाई विश्वास गरिहाल्ने अवस्था अझै बनिसकेको छैन ।

    एमाले ब्युँतिसकेपछि ओली पक्षले एकलौटी रुपमा गरेका निर्णय खारेज र आत्मालोचना गर्नुपर्ने स्पष्ट अडानबाट नेपाल पक्ष हल्लिएको छैन । नेपाल निकट नेतृ नीरादेवी जैरु जनताको बहुदलीय जनवादको सिद्धान्तलाई धरापमा पुर्‍याएका ओलीले आत्मलोचना नगरेसम्म पार्टी एकता हुनै नसक्ने जिकिर गर्नुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, ‘पार्टीको विधान र देशको संविधान संविधान नमान्ने व्यक्तिलाई अध्यक्ष भनेर जान सकिँदैन । उहाँले समीक्षा गर्नुपर्छ कि पर्दैन ? विधान अधिवेशनलाई वैधानिक मानिँदैन, यहाँ व्यक्तिको विषय छैन समग्र पार्टी प्रणालीको कुरा आयो अब त ।’

    पार्टी मिलाएर जान नसक्ने, संविधानमाथि ‘कू’ गर्ने नेतृत्वकर्तालाई अबको पार्टी महाधिवेशनबाट विदाइ गर्नुपर्ने आवाज नेपाल पक्षले उठाइरहेको छ । ओलीले अन्तिम समयसम्म पनि नसच्चिए नेपाल पक्ष वृहत कम्युनिष्ट एकता गरेर अघि बढ्ने संकल्पका साथ गृहकार्य गरिरहेको छ ।

    एमालेभित्रको किचलो मिलाउन फागुन २३ पछिका निर्णयहरु खारेज गर्न अन्तिम पटक अनुरोध गर्ने नेपाल पक्षको तयारी छ । अनुरोध सँगसँगै देशव्यापी रुपमा संगठन विस्तार गरेर ओलीको भन्दा राम्रो संगठन बनाएर देखाउने नेतृ जैरु बताउनुहुन्छ ।

    ‘त्यति गर्दा पनि नसच्चिए बृहत् कम्युनिष्ट एकता हुन्छ,’ उहाँ थप्नुहुन्छ, ‘यसमा दुईमतै छैन किनभने नेपालमा कम्युनिष्ट आन्दोलनलाई पश्चिम बंगालको जस्तो बनाउनु छैन ।’

    भनिन्छ, भाइ फुटे गवार लुटे । एमालेको अन्तरकथा यही अवस्थामा छ । एकताको नाममा एकअर्कोविरुद्ध शर्तमाथि शर्त थप्ने, गुटगत गतिविधि गर्ने, आरोप–प्रत्यारोप गरी तेजोबध गर्ने काम नरोकिएसम्म एमाले एकता आकाशको फल बन्ने निश्चित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij