आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रचण्डलाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी थियो : शंकर पोखरेल

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • तीन दिन अगाडि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिएका नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नु गल्ती भएको बताएका छन्।

    शनिबार दाङको घोराहीमा सहिद नेत्रलाल अभागीको शालिक अनावरण पछि सम्बोधन गर्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई आधार बनाएर पार्टी एकता गर्नु सबैभन्दा ठूलो कमजोरी भएको बताए।

    ‘प्रचण्डकै कारण मुलुकमा अहिलेको अस्थिरता पैदा भएको हो,’ पोखरेलले भने, ‘आजको परिणामको प्रमुख कारक प्रचण्ड नै हुन्।’

    प्रचण्डले माओवादीको युद्धकालीन नीति अझै नछोडेको दाबी गरे। ‘प्रचण्डले माधवकुमार नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्ने कोसिस गर्नुभयो,’ पोखरेलले भने, ‘आजको परिणाम त्यसै कुराको पुष्टि हो भन्ने मलाई लाग्छ।’

    प्रचण्डमा रहेको अस्थिरता, अवसरवाद, महत्वाकांक्षा जस्ता कुरा नै नेपालको राजनीतिको अस्थिरताको कारण भएको पोखरेलले बताए।

    वर्षाका बीच झन्डै १५ मिनेटजति सम्बोधन गरेका नेता पोखरेलले त्यही भएर देश आज राष्ट्रिय राजनीतिको संक्रमणभित्र प्रवेश गरेको बताए।

    नेकपा एउटै घोषणा-पत्र बनाएर निर्वाचनमा गएपछि जितेपछि माओवादीका अध्यक्ष प्रचण्डहरूले अर्कै कुरा गर्न थालेको उनको तर्क थियो। ‘जनतामाझ जाँदा एउटा र जितेपछि अर्कै कुरा,’ उनले प्रश्न गरे, ‘त्यो जनतामाथि गरिएको घात हो, जनताप्रति उत्तरदायी नहुनुको परिणाम हो।’

    उनले अहिलेको सरकार नीतिविहीन, दिशाविहीन रहेको भन्दै सरकारको भविष्य नरहेको जिकिर गरे। ‘सरकार कि जनताको हुन्छ, कि जनताबाट निर्वाचित जनप्रतिनिधिको हुन्छ,’ पोखरेलले भने, ‘तर, यहाँ त अध्यादेशमार्फत सरकार बनेको छ। यो लोकतन्त्रको अपमान हो।’

    पहिलोपटक प्रतिनिधिसभा पुनःस्थापनापछि विपक्षी दलहरूले वैकल्पिक सरकार दिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन समयमा जनतामा जाने बाटो रोजेको उनको तर्क थियो।

    मुलुक मध्यावधि निर्वाचनमा जानुको विकल्प नरहेको पोखरेलले बताए। ‘अन्तिममा जनतामाझ जानुको विकल्प छैन। निर्वाचनको विकल्प छैन,’ पाखेरेलले भने, ‘केपीले पनि त्यही भन्नुभएको थियो र अब शेरबहादुरजीले गर्ने पनि त्यही नै हो।’

    त्यस्तै उनले आफू नेतृत्वको प्रदेश सरकार स्वार्थ र अवसरवादका कारण ढलेको बताए। तर उनले जनताको मनमा आफूले राम्रो छाप छोडेको आशय व्यक्त गर्दै अब त्यो कसैले पनि भत्काउन नसक्ने दाबी गरे।

    ‘प्रदेशमा हामीले बसालेको जग अब कसैले भत्काउन सक्नेवाला छैन,’ पखरेलले भने, ‘प्राविधिक रुपमा नेतृत्व खोसिएको भए पनि जनताको मनमा र विश्वासमा हामीहरूले नेतृत्व कायम गरिसकेका छौं।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij