आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

लुम्बिनीको प्रदेशसभाको नवौं अधिवेशन आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

  • प्रकाशित मिति : शनिबार, साउन ३०, २०७८



  • काठमाडौं । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको छ ।

    मुख्यमन्त्री कुलबहादुर केसी नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाको नवौं अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

    प्रदेशसभाको नवौं अधिवेशनको पहिलो बैठक भदौ १ गते बस्ने गरी आह्वान गरिएको प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले जानकारी गराउनुभयो । नयाँ अधिवेशनमा नव नियुक्त मुख्यमन्त्री कूलबहादुर केसीले विश्वासको मत लिन तयारी गर्नुभएको छ ।

    निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी दलहरुले अविश्वासको प्रस्ताव टेबुल गर्न लागेपछि उहाँले साउन २७ गते राजीनामा दिनुभएको थियो ।

    मुख्यमन्त्रीले राजीनामा दिएलगत्तै प्रदेशप्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेकोमा विपक्षी गठबन्धनले केसीको नाम मुख्यमन्त्रीमा चयन गरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij