आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पिउने पानीमा पनि पहुँचवालाकै पहुँचः भिआइपी क्षेत्रका धारामा दिनहुँ पानी, सर्वसाधारणकोमा छैन

  • प्रकाशित मिति : आइतवार, साउन ३१, २०७८



  • काठमाडौं । राज्यले उपतयकामा पिउने पानी वितरणमा समेत विभेद गरेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पहुँचवाला र ठूला नेता बस्ने टोलमा छ्यालब्याल पानी पठाइरहेको छ भने पहुँच नहुनेको धारामा डेढ सातासम्म पनि पानी आउँदैन ।

    बुढानीलकण्डस्थित प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास र त्यसवरिपरिका घरमा केयुकेएलले सातामा ६ दिन पानी दिन्छ । अहिले प्रधानमन्त्री बनेपछि मात्र होइन, देउवाको बुढानीलकण्ठमा घर बनाएदेखि नै प्रशस्त पानी पाउन थालेका हुन् ।

    तर, कतिपय सर्वसाधारणको धारामा पानी नझरेको बर्षै बितिसकेको छ । मध्यपुर ठिमी नगरपालिका १ का वासुदेव आचार्य तिनैमध्येका एक हुन् ।

    उनको धारामा ६ वर्षदेखि पानी नदिए पनि केयुकेएलले बिल भने नियमित बठाइरहेको छ ।’ केयुकेएलले धारामा पानी नदिएको ६ वर्ष भयो । पानी नआए पनि बील आउन छाडेको छैन्, ०७२ देखि नियमित बिल तिर्दै आएको छु । पैसा तिर्न जाँदा पटक पटक खानेपानी नआएको गुनासो गर्दा पनि केयुकेएलका कर्मचारीले वास्त गर्दैनन्’, उनले भने ।

    देउवानिवास बुढानीलकण्ठ क्षेत्रका अरु सर्वसाधारणको घरमा पनि पानीको समस्या छ । उनीहरु ट्यांकर, डिप बोरिङ् तथा इनारको पानी प्रयोग गर्दै आइरहेका छन् । नयाँ पत्रिका

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij