आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार नाघ्यो

  • प्रकाशित मिति : बुधबार, भदौ २, २०७८



  • काठमाडौं । नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जना थपिएसँगै देशभर संक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ जना पुगेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले १६ हजार ८ सय ३८ जनामा गरिएको परीक्षणमा २० दशमलव २ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

    कोरोना संक्रमणबाट थप ४२ जनाको मृत्यु भएको छ । बुधबार संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत केही बढेको हो । मंगलबार संक्रमणबाट २७ जनाको मृत्यु भएको थियो ।

    यस्तै काठमाडौ उपत्यकामा ९ सय ९३ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंका ७ सय ११ ,ललितपुरका १ सय ६० र भक्तपुरका १ सय २२ जनामा संक्रमण देखिएको छ । उपत्यकापछि झापा ,मोरङ् , चितवन र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ ।

    उपत्यकामा नै ११ हजार ७ सय ५८ जना संक्रिय संक्रमित छन् । थप २ हजार १ सय ४ जनाले कोरोना संक्रमण जितेका छन् भने देशभर ७ सय ७० आइसियू र १ सय ७६ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij