आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घुस लिएको अभियोगमा सवइञ्जिनीयरविरुद्ध मुद्दा

  • प्रकाशित मिति : बिहिबार, भदौ ३, २०७८



  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ ओखलढुङ्गामा कार्यरत सवइञ्जिनीयर राजन पासवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । पासवानलाई केही दिन पहिले रु ३० हजार घुससहित पक्राउ गरिएको थियो ।

    आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार सवइञ्जिनीयर पासवानले भूकम्पबाट क्षतिग्रस्त घर पुनःनिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको र छानबिन पछि आज मुद्दा दायर गरिएको हो । पासवान सिद्धिचरण नगरपालिका–१ को कार्यालयमा खटिएका थिए । उनले सेवाग्राहीको तेस्रो किस्ताको सिफारिस रोकिदिने भन्दै घुस मागेको अभियोग लागेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij