प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८
विराटनगर । ओली नेतृत्वको एमाले फुटेपछि प्रदेश १ सरकार ढल्ने संकेत देखिएको छ । शेरधन राई नेतृत्वको सरकार अल्पमतमा परेको छ । एमाले फुटेपछि राई नेतृत्वको सरकार अल्पमतमा परेको दावी छ ।
प्रदेश १ मा राई नेतृत्व सरकारको विकल्प खोज्ने प्रक्रिया सुरु हुने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बताउनुभयो ।
पार्टी फुटेपछी अब एमाले संग प्रदेश १ मा ३६ सांसद छन् । एमाले (समाजवादी) संग १५ , काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् ।
नयाँ सरकार बनाउनका लागि काँग्रेस, एमाले समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । ९३ संसाद रहेको प्रदेश १ मा बहुमतका ४७ सांसद आवश्यक छ ।
कांग्रेस संसदिय दलका प्रमुख सचेतक केदार कार्कीका अनुसार दशै अगावै नयाँ सरकार बन्छ ।
नेकपा एमाले (समाजवादी)मा प्रदेश १ का प्रदेशसभा सदस्यहरू सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, र कृष्णकुमारी राई छन ।
यसकारण यही गठबन्धनबाट नयाँ सरकार बन्ने सम्भावना बलियो छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij