आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अफगानिस्तानबाट नेपाली फर्कनेक्रम जारी, आज १६५ जनाको आगमन

  • प्रकाशित मिति : शुक्रबार, भदौ ४, २०७८



  • काठमाडौं । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकको स्वदेश फर्कनेक्रम जारी छ । आज जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप १६५ नेपाली स्वदेश फर्केका छन् ।

    हालसम्म ४६१ नेपाली काठमाडौं आइपुगेका तथा थप नौ जना नियमित उडानबाट आज राति आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धार भई स्वदेश आएकाहरूमा काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा काम गर्नेहरूका अतिरिक्त अनौपचारिक क्षेत्रमा रोजगारी गरिरहेका केही छन् ।

    काठमाडौं आइपुगेकाहरूलाई अध्यागमनलगायत प्रक्रिया पूरा गरी कोभिड सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित सरकारले व्यवस्थापन गरेको ‘होल्डिङ सेन्टर’मा स्वास्थ्य मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायत प्रक्रियागत काम सम्पन्न गरी आवश्यक व्यवस्थापन भएको उक्त मन्त्रालयले बताएको छ ।

    ‘कन्सुलर’ सेवा विभागको ‘वेब पोर्टल’मा आज साँझ ५ बजेसम्म ३१० नेपालीले आफ्नो विवरण दर्ता गराएका उक्त मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले राससलाई जानकारी दिए ।

    अफगानिस्तानमा फसेका नेपाली नागरिकलाई सकुशल स्वदेश फिर्तीको व्यवस्था प्रभावकारी तुल्याउन सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक घिमिरेका अनुसार उद्धार कार्यको सहजताका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा दर्ता भएका, नेपाल राजदूतावास, नयाँदिल्लीबाट प्राप्त विवरण तथा ‘सिचुएशन सेन्टर’ मा नाम टिपाएका नेपालीलाई सम्पर्क गरी उनीहरू हाल रहेको स्थानअनुसार समूह सूची तयार गरेर काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूलाई उपलब्ध गराई उनीहरूको उद्धारमा आवश्यक सहकार्य र समन्वय भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij